काठमाडाैंः प्रतिनिधि सभा विघटनविरुद्ध परेकाे रिटकाे सुनुवाइका लागि संवैधानिक इजलास गठन गरिएकाे छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चार जना न्यायाधीशहरूकाे टाेलीलाई गठन गरिएकाे संवैधानिक इजलासमा सुनुवाइका लागि ताेकेका छन्।
ताेकिएका न्यायाधीशहरूमा दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना वरिष्ठ न्यायाधीश रहने प्रावधान रहेकाे छ।
प्रतिनिधिसभा विघटन बिरुद्ध परेको ३० वटा रिटमध्ये ११ वटाकाे शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित एक सय ४६ जना सांसदले साेमबार प्रतिनिधि सभाकाे विघटन असंवैधानिक भएकाे र शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने भन्दै रिट दायर गराएका थिए।
संवैधानिक इजलासमा प्रतिनिधि सभा पुनर्स्थापना र प्रधानमन्त्रीकाे नियुक्तिसँग सम्बन्धित २८ वटा रिटमाथि सुनुवाइ हुँदैछ।
प्रतिक्रिया