काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।प्रतिनिधिसभा पुर्नस्थापनाका लागि भइरहेको आन्दोलनतर्फ संकेत गर्दै उनले यदी संसद पुर्नस्थापना भइहाले पनि प्रचण्ड–माधवले प्रधानमन्त्री खोज्दै हिड्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय युवा संघको केन्द्रिय कमिटीको प्रथम पूर्ण बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो अस्थिरतातर्फ देशलाई अदालतले जान नदिने उनले विश्वास व्यक्त गरे । दुई तिहाइको पार्टी फुटाउने र आफ्नै पार्टीको प्रधानमन्त्री हटाएउन खोज्ने उनीहरुको प्रयास के का लागि प्रधानमन्त्री ओलीको प्रश्न छ ।
संविधान, संसदीय व्यवस्था, हाम्रो अभ्यास र हाम्रो जस्तै व्यवस्था भएको देशको अभ्यासले के भन्छ ? भन्ने प्रश्न गर्दै उनले बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने अवस्था भएपछि संसद विघटन गर्न सक्ने दोहो-याए ।
तोकिएकै समयमा निर्वाचन हुने भन्दै उनले ०४७ सालमा निर्वाचन आयोगमा गएर आफै दर्ता गरेको सुर्य चिह्न प्रचण्डले नपाउने जिकिर गरे । उनले लोकतन्त्र र संविधान कुनै पनि हालतमा तलमाथि पर्न नदिने पनि बताए।
प्रतिक्रिया