लेटेस्ट न्युज
advertisement1

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

Maryada News 2021-11-01 16:28:09
प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

काठमाडौँ : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । सोमवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् । 

सोमबार आचार्यले विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिएका हुन् । उहाँले विश्वासको मत नपाउने स्पष्ट थियो ।

आचार्य गएको भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । एमाले विभाजन भएपछि प्रदेश १ मा सम्भावित विभाजन रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्य एमालेबाट एकल बहुमतको मुख्यमन्त्री बनेका थिए ।

तर १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादीमा गएपछि आचार्य अल्पमतमा परेका थिए । ९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् ।

त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् । 

अब कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले एकीकृत समाजवादी पार्टीका राजेन्द्र राईलाई मूख्यमन्त्री बनाउने तयारी गरेको छ ।

यसैबीच प्रदेश १ प्रदेश सभाको अर्को बैठक आउँदो २३ गते मङ्गलवारका लागि बोलाइएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्