काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीसँग हतियार नभएको दाबी गरेका छन् । शनिबार रिपोर्टस् क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरुले सशस्त्र विद्रोह नभएर एकीकृत जनक्रान्ति गरेको बताए ।
‘हाम्रो पार्टीले हतियार लिएर लड्ने सशस्त्र युद्ध गरेको होइन’, उनले भने, ‘हामीसँग हतियार छैन । हामीले गरेको एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन, यो निरन्तर प्रक्रिया हो ।’
यस्तै उनले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको पनि बताए । तर जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको उनको भनाइ छ । यस्तै दुई तिहाई बुहमत भएको सरकार भएर पनि जनताको अवस्थामा केही सुधार नभएको पनि उहाँले बताए ।
प्रतिक्रिया