काठमाडौं : कर्णाली प्रदेशका ३ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमालेका तीन मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । जसमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।
उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।कर्णालीमा एमालेको एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह हो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।
प्रतिक्रिया