सिरहा : तराई मधेसमा भाइबहिनीको पवित्र पर्व रक्षाबन्धन आइतबार मनाइँदै छ । आइतबार रक्षाबन्धन मनाइने भएपछि मिथिलाञ्चलनमा रौनक बढेको हो । हिन्दु धर्मावलम्बी दिदीबहनी तथा दाजुभाइको नाडीमा दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर धुमधामकासाथ रक्षा बन्धन पर्व मनाउने गरिन्छ ।
अहिले चौकरचौकमा दिदीबहिनी तथा दाजुभाइ राखी तथा मिठाइ खरिद गर्न व्यस्त छन् । रक्षाबन्धन नजिकिएसँगै भारतीय बजारबाट राखी तथा मिठाइ बनाउने सामग्री नेपाल भित्रिने गरेको पाइएको छ । बजारमा अहिले राखी किन्नेको घुइँचोसमेत लागेको छ ।
पहिला भारतसँगको सीमा नाकामा सहज हुँदा रक्षाबन्धनको नाममा फितलो भएपनि अहिले नाका नै कडा गरिएकोले भारतीय बजारबाट राखी तथा अन्य सामग्री नेपाल भित्र्याउन धेरै नै कठिनाइ भइरहेको स्थानीय व्यापारीहरुले बताए । सिरहा लगायत अन्य बजारमा पहिले १० रुपैयाँमा पाउने राखीको मुल्य अहिले बढेर ३० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
मधेशी समुदायले मनाउने रक्षाबन्धन ९राखी० पछिल्लो समय अन्य समुदायलेसमेत मनाउने गरेको स्थानीय आशिष विश्वकर्माले बताए । रक्षाबन्धनमा दुईवटा शब्द जोडिएको छ, ‘रक्षा र बन्धन” रक्षा भन्नाले जुनसुकै आपत विपद परेको बेला भाइले बहिनीलाई रक्षा गर्ने वाचा गर्छन् भन्ने विश्वास गरिन्छ भने बन्धन भन्नाले भाइबहिनीकोबीचको माया प्रेसमा अझ बढी माया, स्नेह प्रेम ल्याउने भन्ने पौराणिक मान्यता रहेको छ ।
प्रतिक्रिया