काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै उपत्यकामा ११८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै मंगलबार थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया