काठमाडाैंः राजा वीरेन्द्रकाे वंश नाश हुने गरी भएकाे दरबार हत्याकाण्डकाे २० वर्ष पूरा भएकाे छ। विसं २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा तत्कालिन राजा विरेन्द्र र उनकाे वंशकाे हत्या गरिएकाे थियाे।
नेपालकाे इतिहासमा दरबार हत्याकाण्डकाे नामले परिचित उक्त हत्याकाण्डमा राजा वीरेन्द्र , रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो। दरबारका अन्य सदस्य तथा आफन्तहरूकाे पनि हत्या भएकाे थियाे।
दरबार हत्याकाण्डकाे सत्यतथ्य हालसम्म पनि रहस्यकै गर्भमा छ। विभिन्न अनुसन्धानले विभिन्न कारण र विभिन्न व्यक्तिलाई दाेषि देखाए पनि हालसम्म यी अनुसन्धानमाथि नेपाली जनताले विश्वास गरेका छैनन्। तत्कालिन सरकारी छानविन समिति र त्यसपछिका अन्य अनुसन्धानले युवराज दीपन्द्रलाई नै दाेषि देखाएकाे भए पनि यसलाई नेपाली जनताले विश्वास गरेका छैनन्।
राजा वीरेन्द्र जनतामाझ निकै लाेकप्रिय थिए। उनले नै नेपाललाई शान्ति क्षेत्रकाे रूपमा स्थापित गर्नुपर्छ भन्दै पहलसमेत गरेका थिए।
प्रतिक्रिया