लेटेस्ट न्युज
advertisement1

साफ च्याम्पियनसिप फुटबल : बुधबार नेपाल र बङ्गलादेश खेल्दै

Maryada News 2021-10-13 15:13:09
साफ च्याम्पियनसिप फुटबल : बुधबार नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डौ : साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि बुधबार (आज) नेपाल बङ्गलादेशसँग खेल्दैछ। मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ ।

साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो  । श्रीलङ्काले चार खेल खेल्दा अन्य टोलीले तीन÷तीन खेल खेलेका छन् ।

लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ ।

अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो ।

माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो । तर, नेपाल भारतसँग १–० ले पराजित भएको थियो । बुधबार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्