काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।
कांग्रेसबाट
बालकृष्ण खाँण – गृह मन्त्रालय
नारायण खड्का –परराष्ट्र मन्त्रालय
ज्ञानेन्द्रबहादुर कार्की –सञ्चार, सूचना तथा प्रविधि
दिलेन्द्र बडु– कानुन न्याय तथा संसदीय मामिला
उमा रेग्मी–महिला बालबालिका तथा ज्येष्ठ नागरिक–
मिनेन्द्र रिजाल–रक्षा मन्त्रालय
उमाकान्त चौधरी– खानेपानी मन्त्रालय
गजेन्द्र हमाल– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
माओवादी केन्द्रबाट
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज
जनता समाजवादीबाट
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– महेन्द्र राय यादव
एकीकृत समाजवादीबाट
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– रामकुमारी झाक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ
प्रतिक्रिया