बागलुङः गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ढोरपाटन –८ का ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ३६ वर्षीय हरि परियार रहेका छन्।
सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरीकाे टोलीले उनीहरूलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले बताए।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ लगि अनुसन्धान थालिएको उनले बताए।
प्रतिक्रिया