लेटेस्ट न्युज
advertisement1

एम्बुलेन्स दुर्घटना हुँदा चालकको निधन

Maryada News 2021-04-15 13:44:31
एम्बुलेन्स दुर्घटना हुँदा चालकको निधन

झापाः पूर्वपश्चिम राजमार्गमा पर्ने जिल्लाकाे शिवसताक्षी नगरपालिका–११ मा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालक २० वर्षीय उत्सव घिमिरेको निधन भएको छ। काठमाडौंबाट बिरामी इलाम पुर्‍याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको निधन भएको हो।

दुर्घटनामा एम्बुलेन्समा सवार २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका छन्। उनकाे विर्तामाेडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेकाे छ।

मृतक घिमिरेलाई अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्