वीरगञ्ज : भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । सीमावर्ती क्षेत्रमा भारतीय तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हाे । पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडप भएको हो ।
झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए।
प्रतिक्रिया