लेटेस्ट न्युज
advertisement1

माधव नेपालसहित १४ सांसदमाथि कारबाही गर्ने एमालेको निर्णय

Maryada News 2021-08-17 19:15:07
माधव नेपालसहित १४ सांसदमाथि कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले माधव कुमार नेपालसहित अन्य १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको छ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।

उनीहरुलाई कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराई सकेको ओली समूहका एक नेताले जानकारी दिए । कारबाहीमा परेका अन्य नेताहरुमा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्