काठमाडाैं : नेकपाकी नेता निरुदेवी पालले संघीयता खारेज गर्नुपर्ने माग गरेकी छन्। बिहीबार राति फेसबुकमा उनले संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले नधान्ने लेखेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने पालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी छन्– मुठ्ठीभरका नेता त खुसी छौं, कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं तलब भत्तामै देशको ढुकुटी न सिध्यायौं, जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो, बरु स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाऔं।’
साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था माग गर्दै मुलुकले यत्रो तामझाम बेहोर्न नसक्ने बताएकी छन्। नेताहरुको सुरक्षा पनि कटौती गरेर यही एजेन्डा लिएर जनतामा जान पनि उनले सुझाव दिएकी छ।
उनले फेसबुमा यस्तो लेखेकी छन् –
सम्माननीय प्रधानज्युलाई फेरीपनी मेराे अनुराेध छ!!!
मलाई पार्टीले कार्वाही गरेपनि गराेस कुनैदिन टिकट पायछु र जनताले हरायछन भनेपनि ठिकैछ सहुला तर हाम्राे जस्ताे सानाे मुलुक आर्थिक स्थिति कमजाेर भयकाे मुलुक। प्रत्येक नेपालीकाे टाउकाेमा बिदेसिकाे रिन छ तसर्थ प्रधानमन्त्री ज्यु याे संघियता नामकाेे सेताे हात्ति हाम्राे मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छाै काेहि मुख्यमन्त्री काेहि प्रदेस मन्त्री काेहि सांसद छाै तलब भत्तामै देशकाे ढुकुटि न सिद्यायाै जनताले चाहेकाे अधिकारकाे बिकेन्द्रिकरण हाे बरु स्थानिय तहलाई थप अधिकार सम्मपन्न बनाऔं जनताकाे घरदैलाेमा सर्वसुलब ढंगले सेवा पुर्याऔं। तर प्रदेश सरकार खारेज गराै !! प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुने ब्यबस्था गराै सम्माननिय प्रधानमन्त्री ज्यु !!तर हाम्राे मुलुक ले यत्रो तामझाम बेहाेर्न सक्दैन नेताहरुकाे सुरक्षा पनि कटाैती गराै सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लीयर जनतामा जादा राम्राे हुनेछ। मेराे अनुराेुध हजुरलाई !!
प्रतिक्रिया