काठमाडाैं- प्रतिनिधि सभाका सांसदहरूले पुस महिनायताको तलब एकमुष्ट रुपमा पाउने भएका छन्। गत फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनकाे निर्णयलाई बदर गरेपछि सांसदहरूले पुष महिनायता संसद नचलेको अवधिकोसमेत तलब पाउने भएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटनकाे निर्णय गरेपछि सांसदहरुले पुस महिनाकाे ५ दिनको मात्र तलब पाएका थिए।
पुसको ६ गतेदेखि र माघ तथा फागुनको महिनाकाे तलब सांसदहरूको खातामा जम्मा हुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। तर यो अवधिमा बैठक नबसेको कारण उनीहरूले बैठक भत्ता र यातायात सुविधा भने नपाउने भएका छन्।
प्रतिक्रिया