लेटेस्ट न्युज
advertisement1

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, राष्ट्रपतिद्धारा स्वास्थ्यलाभको कामना

Maryada News 2021-02-27 16:42:23
कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, राष्ट्रपतिद्धारा स्वास्थ्यलाभको कामना

काठमाडौं : नेपाली कांग्रेस नेता तथा पूर्व-मन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ। 

जोशीको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार आइतबारको तुलनामा जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिए पनि खतरामुक्त भने छैन। शनिबार बिहान जोशीको शरीरको दायाँ भाग चल्न थालेको डा. झाले जानकारी दिए। तर बायाँ भागमा भने प्यारालाइसिस भएको डा. झाले बताए। 

ब्रेन हेम्रेज भएको मानिसहरु अचेत अवस्थामा रहने भएकाले जोशी कोमामै रहेको बताइएको छ। चिकित्सककाअुनसार यस्तो अवस्थाका बिरामी निको हुने अवस्था ३०–४० प्रतिशत रहन्छ।

जोशीलाई  बिहीबार राति  मस्तिष्कघात भएपछि वीर अस्पतालमा पु¥याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको हो।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल शनिबार बिहानै पूर्वमन्त्री जोशी उपचाररत नर्भिक अस्पताल पुगेका थिए।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्