लेटेस्ट न्युज
advertisement1

राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु

Maryada News 2025-03-28 18:31:36
राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु

काठमाण्डू, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको हो ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको हो । घाँटीमा गोली लागेर आएका महर्जनको अस्पताल ल्याउनु अघि नै मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यले जानकारी दिए ।

उनको घाँटीमा गोली लागेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्