लेटेस्ट न्युज
advertisement1

सत्ताको खेलमा जोडियो जसपा, बाबुराम भन्छन् : पुरानै खेल सुरु भयो

Maryada News 2021-02-25 12:56:49
सत्ताको खेलमा जोडियो जसपा, बाबुराम भन्छन् : पुरानै खेल सुरु भयो

काठमाडौं- प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरु अहिले समिकरणको खेलमा जुटेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विभाजित प्रचण्ड-माधव समूह अहिले खासगरी नयाँ समिकरण बनाउन लागि परेको छ। जसले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हात अघि वढाएको थियो।

जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुसमेत सत्ता साझेदारीको लागि कसरत गर्न थालेका छन्। राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न जसपा लागिपरेको हो। त्यसका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठ बिहिबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए। जहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसँग छलफल भएको थियो। 

राष्ट्रिय सहमति आवश्यक बाबुराम
उपचारका लागि भारतमा रहेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि पनि उही पुरानै कुर्सीको खेल शुरु भएको टिप्पणी गरेका छन्। 

बिहिबार बिहान सामाजिक सञ्जालमार्फत उनले सांसदहरुको टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको श्रृंखला भन्दा देशको आवश्यकता र जनताको चाहनाअनुसार राष्ट्रिय सहमति जुटाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा कानूनीरुपमा नफुटेसम्म जसपा संसदको तेस्रो ठूलो दल हो। प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्