एजेन्सीः ब्राजिलमा जारी काेपा अमेरिका फुटबलमा आज बिहान भएकाे खेलमा अर्जेन्टिना विजयी भएकाे छ। उरुग्वेमाथि जित निकाल्दै अर्जेन्टिनाले प्रतियाेगितामा आफ्नाे पहिलो जित दर्ता गरेकाे हाे।
खेलमा १-० काे नतिजा निकाल्दै अर्जेन्टिनाले उरुग्वेलाई हराएकाे हाे। अर्जेन्टिनाका लागि खेलकाे १३ औं मिनेटमा गुइडो रोड्रिगेजले हेडरमार्फत गोल गरेका हुन्। उनले कप्तान लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गाेल गरेका हुन्।
जितसँगै समूह ‘बी’ मा रहेकाे अर्जेन्टिना २ खेलबाट ४ अंक जाेड्दै अंक तालिकाकाे शीर्ष स्थानमा रहेको छ। यसअघिकाे पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा राेकिएकाे थियाे।
उरुग्वेले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
प्रतिक्रिया