काठमाडाैंः एएफसी कप २०२१ काे प्रारम्भिक चरणअन्तर्गतकाे खेलमा त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलिसबीच आगामी चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ। खेल नकाउटका आधारमा खेलाइने छ।
प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौं आउने भएको छ। उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु पाँच सय र साधारणतर्फ रु तीन सय शुल्क कायम गरिएको बताइएको छ।
प्रतियोगिताकाे तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ। प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए। आर्मी क्लबले श्रीलङ्कका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ।
खेल २५ गते दिउँसो ३ बजे दशरथ रंगशालामा हुने छ।
प्रतिक्रिया