भरतपुर : ४० वर्षमाथि उमेर समूहका खेलाडीहरुको सहभागिता रहने फुटबल प्रतियोगिता ‘अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ को दोस्रो संस्करण अर्को साता सुरु हुने भएको छ ।
खघिल्लो बर्ष पहिलो संस्करणबाट पाएको सफलताबाट हौसिएको चितवन भेट्रानरान फुटबल क्लबले फागुन ११ देखि भरतपुर–७, कृष्णपुर खेल मैदानमा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता फागुन १५ गतेसम्म चल्ने छ भने विजेताले ट्रफीसहित १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ । यो पुरस्कार राशीलाई भेट्रान्स फुटबल प्रतियोगिताको अहिलेसम्मकै ठूलो पुरस्कार भएको आयोजकको दाबी छ ।
यस्तै प्रतियोगिताको उपविजेताले उपविजेता ट्रफीसहित ७५ हजार रुपैयाँ पाउने छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उच्च गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार व्यवस्था रहेको आयोजकले बताएको छ ।
प्रतिक्रिया