चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेसनलाई चार करोड रूपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका– २० मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन भरतपुर महानगरले बुधबार थप चार करोड रूपैयाँ सहयोग गरेको हो ।
यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको थियो ।
बुधबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई चार करोडको चेक हस्तान्तरण गरेकी थिइन् । मेयर दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेको बताइन् ।
चेक हस्तान्तरणपछि सिताराम कट्टेलले रंगशाला निर्माणको कामलाई अघि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । स्थानीय सरकार र जनताको सहयोगमा उनले रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्याइनेसमेत बताए ।
प्रतिक्रिया
dgYJhTqyejIO
2024-07-28 19:37:36FYLKTsEB
dgYJhTqyejIO
2024-07-28 19:37:40FYLKTsEB