लेटेस्ट न्युज
advertisement1

काठमाडौं उपत्यकामा भारी वर्षा, केही क्षेत्र जलमग्न  

Maryada News 2021-07-10 20:57:29
काठमाडौं उपत्यकामा भारी वर्षा, केही क्षेत्र जलमग्न  

काठमाडौं : मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     
     
काठमाडौँ उपत्यकामा आज भारी वर्षा भएको छ । निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँमा ६९.४ मिलीमिटर वर्षा भएको छ ।     
     
राति देशभार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९।२ र न्यूनतम ताफक्रम २०।७ डिग्रि सेल्सियस रहेको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्