काठमाडौंः दशरथ रंगशालामा हुन गइरहेकाे थ्री नेसन्स् कपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली साेमबार साँझ रंगशाला जाने भएका छन्।
नेपाल र बंगलादेशबीच हुन गइरहेकाे फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए। खेल हेरेसँगै प्रधानमन्त्री ओलीले अन्तिममा पुरस्कार वितरण गर्ने कार्यक्रमसमेत रहेकाे छ।
नेपाल र बङ्गलादेशबीचकाे खेल साँझ ५ः३० बाट शुरु हुनेछ। यसअघिका नेपाल र बङ्गगलादेशविरुद्धकाे २४ खेलमा बङ्गलादेशले १४ पटक जीत हासिल गरेकाे छ भने नेपालले ६ पटकमात्र जीत हासिल गर्न सफल भएकाे छ। यस्तै ४ पटक खेल बराबरीमा टुंगिएकाे छ।
प्रतिक्रिया