काठमाडौं : महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र सोमबार मैत्रिपूर्ण खेल खेल्ने भएको छ । घरेलु मैदानमा हुने हुने मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशसँग खेल्न लागेकोे हो ।
नेपाल अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कपको छनोट खेल्ने तयारीमा रहेको छ । दशरथ रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो । यसअघि महिला टिमले सन् २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो ।
बंगलादेशसँगको पहिलो खेल बिहीबार साँझ ५ः३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । उज्वेकिस्तानमा हुने एशियन कप छनोटका लागि बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलले सहयोग गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्नेछ । तीन टोली मात्र रहेको यस समूहको विजेता टिम भारतमा हुने एशियन कपका लागि छनोट हुनेछ । बंगलादेश भने समूह जीमा छ ।
प्रतिक्रिया