काठमाडौं : सशस्त्र प्रहरी बल (एपीएफ)ले ललितपुर मेयर महिला च्याम्पियनसिपको उपाधि हात पारेको छ । उपाधिको लागि भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १०७ रनको लक्ष्य एपीएफले आठ विकेटको विशाल अन्तरले जितेको छ ।
खेल सकिन २२ बल बाँकी छँदै एपीएफले मात्र दुई विकेटको क्षतिमा १०९ रन बनाएर जित हात पार्यो । एपीएफको जितमा ओपनर ब्याट्सविमन ज्योतीले सर्बाधिक ३६ तथा सीताले २७ रनको योगदान दिईन् । दुबैजना रन आउट भए । ओपनरद्वयले उत्कृष्ट पारी खेलेपछि एपीएफले सुदूरपश्चिममाथि सहज जित हात पार्यो । इन्दुले १९ तथा ममताले १५ रन बनाएर अविजित रहे ।
प्रतिक्रिया