लेटेस्ट न्युज
advertisement1

युरोकप उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

Maryada News 2021-07-11 16:27:23
युरोकप उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

काठमाडौं : १६ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागि इंग्ल्यान्ड र इटालीले प्रतिस्पार्धा गर्दैछन्। प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार आज आइतबार राति हुँदैछ। वेम्बली स्टेडियमा हुने फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ। इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो।

एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्। इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यस उपाधिका लागि लामो समयबाट काम गरिरहेको बताए।

इटाली  तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो। यस्तै मान्सिसीले घरेलु टिमसँग खेल्नु पर्ने हुँदा फाइनलमा ध्यान दिएर खेल्ने बताए।

इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यसअघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ। इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो। रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो।

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा इटाली हाबी हुँदै आइरहेको छ। इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ। इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ। दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्