काठमाडौँ : दोस्रो हाफमा कमजोर प्रदर्शन गरेपछि नेपाल एएफसी यू २३ एसिया कप छनोटमा इरानसँग ४–० ले पराजित भएको छ । ताजाकिस्तानको तास्केनमा भएको खेल पहिलो हाफसम्म गोलरहित बराबरीको स्थितिमा थियो ।
तर रिपब्लिकन सेन्ट्रन स्टेडिममा भएको खेलमा नेपालले दोस्रो हाफमा लगातार गोल खाएको थियो । समूह बी मा प्राप्त यस जितपछि इरानले विजयी सुरआतसँगै ३ अंक जोडेको छ ।
नेपाल भने अंकविहीन रह्यो । नेपालले अब दोस्रो खेलमा बिहीबार ताजाकिस्तानको सामना गर्नेछ । यस्तै, नेपालले आफ्नो अन्तिम खेलमा आइतबार लेबनानको चुनौती बेहोर्नेछ ।
प्रतिक्रिया