लेटेस्ट न्युज
advertisement1

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा 

Maryada News 2021-10-13 21:09:31
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा 

काठमाडौं : नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको छ । सार्क गोल्डकपको नाममा १९९३ मा सुरु भएको दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिताले १३औं संस्करणको यात्रा गरिसक्दा नेपाल फाइनल पुगेको यो पहिलो पटक हो । 

पहिलो दुई खेलमा साविक विजेता माल्दिभ्स र श्रीलंकामाथि जित हासिल गरेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशसँग बराबरी नतिजा निकालेपछि सात अंकका साथ फाइनलमा स्थान पक्का गरेको हो । पाँच अंकमा सीमित बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

समूहको अर्को खेलमा आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुनेछ । भारतले फाइनल पुग्नका लागि उक्त खेल जित्नै पर्नेछ भने माल्दिभ्सलाई बराबरी नतिजा पनि पर्याप्त हुनेछ ।

दुई जित हासिल गरेको माल्दिभ्सको खातामा ६ अंक छ भने एक जित र दुई बराबरी नतिजा निकालेको भारतले पाँच अंकमात्र जोड्न सकेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आठौं मिनेटमै गोल खाएपछि नेपालको सनसनीपूर्ण यात्राको अन्त्य दुखःद हुने संकेत मिलेको थियो । 

तर समय सकिन ६ मिनेट बाँकी रहँदा अञ्जन बिष्टले अगाडि बढाएको बल पेनाल्टी बक्स बाहिरबाट आएर हातले रोकेवापत बंगलादेशी गोलकिपर अनिसुर रहमान जिको रातो कार्ड सामना गर्दै बाहिरिए । विपक्षी टोली एक खेलाडी कममा सीमित भएको फाइदा उठाउँदै दबाब बढाएको नेपालले ८८औं मिनेटमा पेनाल्टीको मौका पायो ।

अञ्जनले त्यसलाई गोलमा परिणत गर्दै नेपाललाई महत्वपूर्ण बराबरीको हकदार बनाए । विपक्षी खेलाडीले आफैमाथि गरेको फाउलमा प्राप्त पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्