एजेन्सीः स्पेनिस लिग कोपा डेल रे काे उपाधि बार्सिलोनाले जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो।
बार्सिलोनाकाे जीतमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए। अर्काे दुई गाेल एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले गरेका थिए। चार वटै गाेल खेलकाे दोस्रो हाफमा १२ मिनेटभित्र भएकाे हाे। खेलको ६० औं मिनेटमा ग्रीजम्यानले खेलमा गोलकाे खडेरी ताेडेका थिए। यस्तै ६३ औं मिनेटमा जोङले गोल गरेपछि खेलमा बार्सिलोनाले २-० को अग्रता बनाएकाे थियाे।
यस्तै साे गाेल भएकाे ५ मिनेट बित्दा नबित्दै ६८ औं मिनेटमा मेस्सीले गोल गरे र बार्सिलोना ३-० ले अघि रह्यो। पुनः खेलको ७२ औं मिनेटमा मेस्सीले अर्काे गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाउँदै बार्सिलाेनाकाे जीत सुनिश्चित गरे।
बार्सिलाेनाकाे याे ३१ औं कोपा डेल रे उपाधि हाे।
प्रतिक्रिया
EKaDiSxFO
2024-08-21 01:08:03FIkoJUtf
EKaDiSxFO
2024-08-21 01:08:09FIkoJUtf