काठमाडाैं : संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेञ्चले आज सुनुवाइ गर्ने भएको छ।
सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ।
रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुखसहित ३२ जना सबैलाई विपक्षी बनाइएको छ।
प्रतिक्रिया