काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने तय भएको माओवादी स्थायी समिति सदस्य गणेश साहले बताए । बैठकमा सरकारमा जाने मन्त्री, एमसीसी र समसामायिक राजनीतिक विषयमा छलफल हुने बताएको छ ।
बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए । संसद्मा भइरहेको अवरोधका विषयमा पनि बैठकमा छलफल हुने माओवादीले बताएको छ ।
प्रतिक्रिया