काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण सम्पन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गरेका छन्।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःनिर्माण सकिएपछि सोमबार बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।
भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।
उद्घाटनसंगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले करिब ४ बर्ष लगाएर पुनःनिर्माण सकेपछि हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया