लेटेस्ट न्युज
advertisement1

सवारी दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

Maryada News 2021-10-13 16:11:16
सवारी दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने बताएका छन् । मुगु, कास्की र अछाममा भएको दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने सामाजिक सन्जालमार्फत घोषणा गरेका हुन् । 

‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो । यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्