लेटेस्ट न्युज
advertisement1

अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष पञ्चा सिंह 

Maryada News 2021-10-04 00:19:32
अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष पञ्चा सिंह 

काठमाडौं : नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । उनी अखिल क्रान्तिकारीको नेतृत्वमा पुग्ने पहिलो महिला हुन् ।

अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक ३५ वर्षको उमेरमा महिला अध्यक्ष हुने अवसर सिंहले पाएकी हुन् । कालिकोटमा जन्मिएकी सिंह २०५७ सालमा १४ वर्षको उमेरमा भूमिगत भई ’जनयुद्ध’मा सहभागी भएकी थिइन ।

’जनयुद्ध’मा उनी जनकलाकारको रुपमा एक वर्षसम्म काम गरेपछि विद्यार्थी संगठनमा जोडिएकी थिइन् ।
’जनयुद्ध’मा जुम्ला, कालिकोट एउटै जिल्ला हुँदा विद्यार्थी संगठनको कोषाअध्यक्ष हुँदै अध्यक्ष समेत भएकी थिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि जुम्ला र कालिकोट क्रमशः दुवै जिल्ला अध्यक्ष भइ काम गरेकी थिइन । ’जनयुद्ध’मै उनले श्रीमान समेत गुमाएकी थिइन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्