एजेन्सीः इंग्ल्याण्डविरुद्धको टेस्ट श्रृङ्खला भारतले ३–१ ले कब्जा गरेसँगै यी दुई टोली अब टी ट्वेन्टी श्रृङ्खलामा भिड्ने भएका छन्। शुक्रबार साँझ ७ बजेर १५ मिनेटमा भारत र इंग्ल्याण्डबीच पाँच टी ट्वेन्टी श्रृङ्खलाको खेल शुरु हुनेछ।
अहमदावादको नरेन्द्र मोदी रंगशालामा भारत र इंग्ल्याण्ड भिड्दै छन्। गत टेस्ट श्रृङ्खलामा यही रंगशालाको पिचलाई लिएर विवादसमेत भएको थियो।
भारत र इंग्ल्याण्डबीचको टी ट्वेन्टी श्रृङ्खला रोचक हुने क्रिकेट विश्लेषकले बताएका छन्। टी ट्वेन्टीमा विश्वकै नम्बर एक टोली इंग्ल्याण्ड र नम्बर दुई टोली भारतबीचको खेलमा भारतले ४–१ ले खेल जितेमा भारत एक नम्बर स्थानमा पुग्छ भने इंग्ल्याण्ड दुई नम्बरमा झर्नेछ।
इंग्ल्याण्डले यसअघि सन् २०१८ मा अन्तिम पटक श्रृङ्खलामा हार व्यहोरेको थियो। त्यसैले पनि आजको खेल निकै रोचक हुने विश्वास गरिएको छ।
यस्तै सन् २०२१ मा हुन गइरहेको आइसिसि विश्वकप क्रिकेटका लागि पनि यो श्रृङ्खलामा विजयी हुनुले आत्मबलमा सहयोग पु¥याउने क्रिकेट विश्लेषकको भनाइँ छ।
प्रतिक्रिया