काठमाडौं : नेपालले बंगलादेशलाई पराजित गर्दै थ्रि नेसन्स कप फुटबलको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २- १ ले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि १८औं मिनेटमा सञ्जोग राई र ४२औं मिनेटमा विशाल राईले गोल गरेका हुन्।
बंगलादेशले ८३औं मिनेटमा गोल फर्काएको थियो। प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमूनिका टिम सहभागी थिए। उपाधिसँगै नेपालले ५ हर अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेता बंगलादेशले ३ हजार डलर पुरस्कार पाएको छ। प्लेयर अफ दी फाइनल संजोग राई घोषित भए भने रोहित चन्द प्रतियागिताकै उत्कृष्ट खेलाडी बने।
प्रतिक्रिया