काठमाडौं महागनरले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई काठमाडौं महागनरले नगदसहित सम्मान गरको छ।
पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई काठमाडौं महागनरलेले ५ लाख रूपैयाँ सहित सम्मान गरेको हो।
यस्तै प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रूपैयाँ प्रदान गरिएको छ।
बुधबार स्वदेश फर्किएका पलेशा र कविराजसहितको टोलीलाई त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको थियो भने नगर परिक्रमा गराइएको थियो।
गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।
पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेशाले खेल्ने के(४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।
रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्।
प्रतिक्रिया