लेटेस्ट न्युज
advertisement1

सरकारले साफ उपविजेता खेलाडीहरूलाई जनही ५ लाख दिने

Maryada News 2021-10-18 17:51:43
सरकारले साफ उपविजेता खेलाडीहरूलाई जनही ५ लाख दिने

काठमाडौं : नेपाल सरकारले साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पुरस्कार दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले पहिलोपटक उपविजेता बन्न सफल फुटबल टोलीको खेलाडीहरुलाई जनही पाँच लाख नगद पुरस्कार दिने निर्णय गरेको हो ।

मादिल्दभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा चीर प्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भएको थियो । तथापि नेपालले यस प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको यो पहिलोपटक हो । 

नेपाली टोली सोमबार विहान स्वदेश फर्किएको थियो । नेपाली टोलीका खेलाडी जनही पाँच लाख र प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई ३ लाख रुपैयाँ दिने नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी गराए ।

पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको थियो । समूह चरणमा नेपालले दुई खेल जितेको थियो भने एक बराबरी र एक खेलमा हार ब्यहोरेको थियो । नेपालले लिग चरणमा उप विजेता बन्दै फाइनलमा स्थान बनाएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्