काठमाडाैं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सोमबारको मन्त्रिपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई थप जिम्मेवारी दिएको हो।
यस पदमा चार बर्स पूरा गरेका कुलमान घिसिङको कार्यकाल सरकारले थप नगरेपछि पद रिक्त थियो।
लोडसेडिङ हटाएर चर्चामा आएका कुलमानको बहिर्गमनपछि शाक्यको नियुक्ति भएको हो। शाक्य प्रसारण लाइनविज्ञ हुन्। उनले एमसिसिका लागि प्रसारण लाइनको अध्ययन गरेका थिए। हितेन्द्र र कुलमानले चिलिमे जलविद्युत् परियोजनामा सँगै काम गरेका थिए।
प्रतिक्रिया