काठमाडौं : कोरोना महामारीमा संक्रमितहरुको स्वास्थ्य उपचारमा फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीले तितो अनुभव सुनाएका छन् । झण्डै दश वर्ष भन्दा बढी विभिन्न प्राईभेट हस्पिटलहरुमा स्वास्थ्य सेवामा कार्यरत स्याङ्जाका कृष्ण प्रसाद न्यौपाने फ्रन्टलाईनमा खटिएका छन् ।कोरोना संक्रमित बिरामीहरुको नजिक रहेर उनीहरुको सेवामा व्यस्त न्यौपानेले सबैभन्दा अप्ठ्यारो क्षण अहिले रहेको अनुभव सुनाए । बिरामीसँग बोल्दाबोल्दै उनीहरुले प्राण त्याग गर्नुपर्दा ज्यादै दुख लाग्ने गरको उनले बताए ।
बिरामीका परिवारहरुलाई भेटेर उनीहरुलाई बताउने शब्द नै नहुने यस्तो क्षण धेरै गाह्रो भएको सुनाए । कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यहरुले पनि पर्याप्त ध्यान नदिएको पनि उनले सुनाए । परिवारको हौसला नपाएका त्यस्ता बिरामीहरु मानसिक रुपमा धेरै पीडित भएका साथै रोगसंग लड्ने क्षमतामा कमि देख्दा नरमाइलो लागेको बताए । उनले भने, 'हेलिकप्टर रेस्कुमा हिड्दा विकट गाउँ गाउँमा पुगेको र सामान्य अक्सिजन लिनको लागि आवश्यक पर्ने हाइफ्लो मास्क समेत नभएर बिरामी अन्यत्र रिफर गर्नु परेको अवस्था समेत रहेको देखियो ।'
अस्पतालमा अक्सिजन, आइसियू लगायतका सामाग्री अभावको कारण चाहिने बिरामीको पिडादायी अवस्थालाई आफ्नै अगाडीको दर्दनाक अवस्थाले कहिलेकाहीँ आफैलाई विक्षिप्त गराईरहन्थ्यो तथापि फेरि झन् बढी सेवामा नै खटिएर ज्यान बचाउन उत्प्रेरण आउँथ्यो । बिरामीले संक्रमणलाई जितेर घर फर्किदा भने आफुलाई पनि खुशी लागेको बताए । काठमाडौंमा अस्पतालमा आफूले सेवा दिन पाउँदा खुसी लागेको छ । तर, सरकारले यस्तो महामारीको समयमा पनि प्राइभेट अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको लागि खासै केही नगरेको कारण कहिलेकाही आफू स्वास्थ कर्मी भएकोमा हिनताबोध हुने गरेको तितो यर्थाथ हामीसँग बताए ।
प्रतिक्रिया