काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ । प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले उनीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो ।
अल्मुताइरीले आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनले नियमनको पालना गर्नुपर्ने पनि बताएका छन् ।
यस्तै, नेपालका फरवार्ड अन्जन विष्टले पनि फाइनल खेल गुमाउने छन् । उनले पनि प्रतियोगिताको दौरान दुईवटा प्लेकार्ड पाएका थिए ।
शनिबार भारत र नेपालबीच उपाधि भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुँदैछ ।
प्रतिक्रिया