कोरोनाको दोस्रो लहर आउँदासम्म पनि किन मानिस सचेत भइरहेका छैनन् किन यसरी हेलचेक्र्याइँ गरिरहेका छौँ ? अहिले कोरोना संक्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ। यो समयमा सरकारले पनि गम्भीर गल्ती र लापरवाही गरेको छ । कोरोनाविरुद्ध लड्नका लागि आवश्यक न्यूनतम स्वास्थ्य सामाग्रीहरू समेत उपलब्ध गराउने तर्फ खासै तत्परता देखाईरहेको छैन फलतः सरकारको हचुवा नीतिको कारण धमाधम स्वास्थ्यकर्मीहरु पनि कोरोना संक्रमणको सिकार बनेका छन्।
फेरि यही गम्भीर समस्या परेको बेलामा नै हामी जनतालाई विवाह, पार्टी, भोजभतेर गर्नुपरेको छ। हामीलाई आफ्नो ज्यान प्यारो कि विवाह, पार्टी ? सरकारले यो कुरामा राज्यप्रति चासो देखाएन भन्दैमा हामीले पनि आफ्नो ज्यानको आफै हेलचेक्र्याइँ गर्ने त आफै सोच्नुहोस् त के यो सही होला ? पक्कै पनि होइन यदि हामीले अहिले सजग भएनौँ भने पछि हामीलाई ठूलो आपत आइलाग्न सक्छ देख्न सक्छौँ नि छिमेकी मुलुक भारतमा के भइरहेको छ भन्ने कुरा होइन र।
यो समयमा सबैले बुझेर भिडभाड नगरौँ, आवश्यक काम बाहेक घर बाहिर ननिस्कौँ, विवाह, भोजभतेर गरेर झन् रोग फैलाउने काम पनि नगरौँ अहिले सबै सजग बनी केही समय सबै सुरक्षित भई जहाँ छौँ त्यहीँँ बसौँ। सबैभन्दा ठूलो धन त स्वास्थ्य नै हो विवाह, पार्टीहरू त पक्कै होइनन् नि यी कुरा त रोग नियन्त्रण भईसकेपछि गर्दा पनि हुन्छ। देशको विभिन्न स्थानमा निषेधाज्ञा जारी भईरहेको छ। निषेधाज्ञा अवलम्बन गर्नु सबैका लागि गाह्रो हुन सक्छ फेरि यसो भन्दैमा सरकारले लागू गरेकोमापदण्ड विपरीत जाने कुरा पनि हुँदैन । यस्तो बेलामा हुनेखानेले त यो समयमा घरमै बसेर गुजारा गर्नुहोला तर जो बिहान दिउँसो मरी मरी काम गरेर पनि साँझ खाना खर्च जुटाउन धौधौ परेको व्यक्तिहरू त कोरोनाबाट मरेपनि ठिक छ तर भोकबाट मर्न नपरोस भन्ने चाहन्छ। यसका कसले पहल गर्ने, कसले सहयोग गर्ने, त्यतातर्फ कसले ध्यान दिने ?
सरकारले यो समयमा कोरोनाबाट एकदमै ग्रसित बिरामीहरुलाई पनि अझै बढी बेड, आइसोलेशन, अक्सिजन जे जति सुविधा दिन सक्छ दिनुपर्छ, यो बेलामा सरकार आफै चुक्यो भने जनताको आत्मबल कसरी बढ्न सक्छ ।
यो बेलामा हामीले उनीहरुलाई सक्दो सहयोग गर्न पनि सकिन्छ। सरकारले पनि यो समयमा दिनभरि काम गरी साँझ खाना जुटाउन धौधौ परेका जनताहरूलाई सहयोग गर्न सक्छ । उनीहरुलाई सहयोग गरोस् यदि सहयोग गर्न सक्दैन भने दैनिक रूपमा कोरोनापरीक्षण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सुरक्षित साथ काममा पठाओस्। यसो गर्दा सबैलाई सजिलो हुन्छ। सरकारले यो समयमा कोरोनाबाट एकदमै ग्रसित बिरामीहरुलाई पनि अझै बढी बेड, आइसोलेशन, अक्सिजन जे जति सुविधा दिन सक्छ दिनुपर्छ, यो बेलामा सरकार आफै चुक्यो भने जनताको आत्मबल कसरी बढ्न सक्छ ।
हामीले सामाजिक सञ्जालमा पनि कोरोनाका भयावह दृष्यहरु पोष्ट गरी अरुको आत्मबल कमजोर नबनाऔँ एक अर्काको हौसला बढाई सबै सुरक्षित रहौँ। सरकारले कोरोना सङ्क्रमण बढेका जिल्लाका अस्पतालमा शय्या उपलब्ध गराउन नस्केको कुरा पनि बताइसकेको छ त्यसकारण जनता आफै सचेत भएर घरमै बसी स्वास्थ्य सचेतनाका सामान्य नियम र उपायहरु एवं आयुर्वेदिक औषधोपचारका तरिकाहरू अवलम्बन गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया
HectorMoise
2023-08-07 02:21:54This is nicely put! ! which is the best resume writing service in india <a href="https://essayservicehelp.com/">new zealand essay writing service</a> best resume writing service reddit