लेटेस्ट न्युज
advertisement1

जीवित देवहरुको सम्मान गरौँ

जीवित देवहरुको सम्मान गरौँ

मानिसको जीवन चक्र पूरा गर्ने क्रममा बृद्ध अवस्था उत्तर्राधको समय हो । ६० बर्ष भन्दा माथिको जीवन ज्ञान, शीप, अनुभवले भरिपूर्ण हुन्छ । २०६८ को जनगणना अनुसार कूल जनसङ्ख्याको ८।१३ प्रतिशत जेष्ठ नागरिकको सङ्ख्या रहेको छ । हाल ३० करोड नेपालीमा करिब १० प्रतिशत  अर्थात ३० लाख जेष्ठ नागरिक रहेको अनुमान छ । जेष्ठ नागरिकहरु जिउँदो इतिहासको रुपमा रहेको हुन्छन् । यस्तो ज्ञान, सीप, अनुभवलाई राज्यले प्रयोग गर्नु पर्दछ । जेष्ठ नागरिकहरुलाई सामाजका हरेक गतिविधिमा सहभागी गराउँनु पर्दछ । साथै उनीहरुको ज्ञान अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि अति आवश्यक छ ।

 यसले समाज र देशको आर्थिक, सामाजिक रुपान्तरणमा टेवा पु-याउँछ । हिजो आज जेष्ठ नागरिकप्रति गरिने मान सम्मान र श्रद्धा,  उनीहरुको सल्लाह, सुझाव र निर्देशन लिने काम हराउँदै गएको छ । मानव मानव वीचको दुरी टाढा हुँदै जादैछ । माया, प्रेम, सदभाव र सदासयताको खडेरी छ । परिवारका सदस्यहरूवीच अस्वस्थ प्रतिस्पर्धा बढेको देखिन्छ । प्रविधिले विश्व एक भएको छ । यसको भरपुर उपयोगमा साना नानीहरु देखि ठूला सबै ब्यस्त छन् । यसको प्रत्यक्ष मार जेष्ठ नागरिकमाथि परेको छ । हिजोको पदसोपानिक पद्धतिको परिवार आज क्षितिजिय बन्दैछ । पारिवारिक माया, ममता, करुणा, सदभाव, संस्कार र सम्मान हराउँदै गएको छ । 

जेष्ठ नागरिकहरुलाई उचित स्याहार सुसार गर्ने छोरा, छोरीहरु गरिबीकै कारण हातमुख जोर्नेकै लागि रोजगारीको सिलसिलामा  बिदेसिएका छन् । कोही पैसा कमाउनकै लागि यन्त्र जस्तै बन्दै गएका छन् । अधिकांश जेष्ठ नागरिकहरुको जीवन दिन प्रतिदिन कष्टकर, दुःखदायी र निस्सार बन्दै गएको छ । मानवमा ससाना कुराहरूमा पनि स्वार्थ बाझिने र आफू मात्र जान्ने, ठीक भन्ने मनोभावना विकसित हुँदै गएको छ । उमेर घट्दै जाँदा शिथिलता बढ्दै जाने रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने आदि कारणले जेष्ठ नागरिकहरूमा समस्याहरू थपिँदैछ । परिवारका सदस्यहरूले आफ्नै कार्य व्यस्थताको कारण समय दिन नसकेको अवस्था छ ।

यसकारण जेष्ठ नागरिकको अवस्था कमजोर हुँदै गएको छ । जन्म दिने आमा र बाबा देवता समान हुन् । बाबु आमालाई जिउँदा भगवानको रुपमा लिइन्छ । बाबु, आमाको उचित सेवा, स्याहार, सुसार गरेर खुशी राख्नु नै सबै भन्दा ठूलो धर्म हो । पौराणिक धर्म ग्रन्थहरुमा किम्बदन्ती अनुसार गणेश र कुमारलाई जो सबैभन्दा पहिला सुमेरु पर्वत परिक्रमा गरेर आउँछ उही पहिला हुन्छ भनी  कैलाश पति शिवजीले आज्ञा गर्नु भयो । कुमारजी मयूरमा चढेर समेरु पर्वतको परिक्रमा गर्न हिँडिहाले । विघ्न हर्ता गणेशले मेरा माता, पिता भनेका सबैभन्दा ठूला हुन् भनी शिव, पार्वतीलाई तीन पटकसम्म परिक्रमा गरी साष्टाङ्ग प्रणाम गरेपछि शिवजीले धन्य गणेश तिमी महान छौ । 

बृद्ध अवस्था हुँदै गएपछि  डिमेनसिया, पार्किन्सन, प्यारालाइसिस, उच्च रक्तचाप, दम मुटुको रोग, निद्रा नलाग्ने, पाठेघर खस्ने, ग्यास्टिक लगायतका रोगले पनि आक्रमण गर्दै जान्छ । यस्तो बेलामा झन् पारिवारिक स्नेह, स्याहारसुसार, ममता र सम्मानको खाँचो पर्दछ । तर, परिवारबाट अपहेलित, शारीरिक, आर्थिक र यौनजन्य दुर्व्यवहारको सिकार बन्न पुगेका छन । 

तिम्रो ठूलो महानता देखेर म प्रसन्न भएँ ।  कुनै पूजा आजामा सबैभन्दा पहिला तिम्रो पूजा हुनेछ भन्ने आर्शिवाद दिएको कुरा भेटिन्छ । पौराणिक कालको किम्बदन्तीले पनि बास्तवमै जन्म दिने बाबा, आमा भन्दा ठूलो जगतमा अरु कोही हुन सक्दैन । मानिसहरु स्वर्ग र नर्कको कुरा गर्दछन् । त्यो सबै कर्मको फल हो । बाबा आमालाई खुशी राख्न सके त्यो घर स्वर्ग हुन्छ । बाबा आमाको सेवा, सम्मान, सद्भाव, मर्यादा नै सबै भन्दा ठूलो तीर्थस्थलको पूजा हो । तर, मानिसहरु बाबा, आमालाई रुवाएर टाढा टाढा लाखौँ खर्च गरेर तीर्थस्थल धर्म कमाउँन भनी भौतारिइ रहेका छन् । बाबा  आमाहरु आजीवन हड्डी घोटी घोटी सधैँ सक्रिय रहेर परिवारको पालन पोषण, शिक्षा, दिक्षा र परिवारकै खुशीको प्रबन्ध गर्दछन् ।

आज विडम्बना उचित स्याहार सुसार र माया पाउँने बेलामा जेष्ठ नागरिकहरु परिवारबाट अपहेलित भएर बृद्धाश्रममा पुगिरहेका छन् । भर्खरैको समाचार पढेलेखेको परिवारकी छोरी जसले आफ्नै आमालाई रुवाएर सडकमा पुर्याएको यो त एक प्रतिनिधि घटना मात्र हो । नेपाल सरकारले उपलब्ध गराएको जेष्ठ नागरिक सुरक्षा भत्ता समेत छोरा, बुहारी, आफन्तबाट दुरुपयोग हुँदै आएको छ । 

अर्कोतिर घर परिवारबाट  टाढा हुँदा बृद्धभत्ता पनि बुझ्न जान नसक्ने अवस्था पनि त्यत्तिकै रहेको छ । सम्पत्तिमा पनि अधिकार कागजमा सिमित हुन्छ । जेष्ठ नागरिकहरुले चाहे अनुसार भोग चलन खर्च गर्न पाउँदैनन् । बृद्ध अवस्था हुँदै गएपछि  डिमेनसिया, पार्किन्सन, प्यारालाइसिस, उच्च रक्तचाप, दम मुटुको रोग, निद्रा नलाग्ने, पाठेघर खस्ने, ग्यास्टिक लगायतका रोगले पनि आक्रमण गर्दै जान्छ ।

सार्वजनिक यातायातमा दुई सिट ज्येष्ठ नागरिकको लागि छुट्याईएको हुन्छ । तर, त्यो सीटमा जवान व्यक्ति बसिरहेको हुन्छ । जीवित देव उभिइरहेको हुन्छ ।

यस्तो बेलामा झन् पारिवारिक स्नेह, स्याहारसुसार, ममता र सम्मानको खाँचो पर्दछ । तर, परिवारबाट अपहेलित, शारीरिक, आर्थिक र यौनजन्य दुव्र्यवहारको सिकार बन्न पुगेका छन । जेष्ठ नागरिकको अधिकारको संरक्षणका लागि नीतिगत, संस्थागत र कार्यक्रमगत व्यवस्था विद्यमान रहेका छन । संविधानको धारा ४१ ले जेष्ठ नागरिकहरुलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । ज्येष्ठ नागरिक ऐन २०६३, ज्येष्ठ नागरिक नियमावली, सामाजिक सुरक्षा ऐन २०७५ रहेको छ । सार्वजनिक यातायातमा दुई सिट ज्येष्ठ नागरिकको लागि छुट्याईएको हुन्छ । तर, त्यो सीटमा जवान व्यक्ति बसिरहेको हुन्छ । जीवित देव उभिइरहेको हुन्छ । त्यस्तै गरी सार्वजनिक यातायातमा भाडामा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

तर, तिनै ८० बर्ष पुगेकी आमालाई पुरै भाडा असुलेको पाइन्छ । सार्वजनिक अस्पतालहरुमा स्वास्थ्य उपचार शूल्कमा  छुटको व्यवस्था रहे पनि त्यसको उचित कार्यान्वयन देखिँदैन । अस्पतालहरु जेष्ठ नागरिकमैत्री हुन नसक्नु ,बृद्धाश्रम सञ्चालकहरुले पनि देखाउँने कागजी प्रकिया पुरा गरेको तर वास्तविकता अर्को छ । जेष्ठ नागरिकहरुको अधिकारको संरक्षण गर्न चलाएका आश्रम पनि ज्येष्ठ नागरिकमैत्री हुन सकेका छैनन । मानव अधिकारका लागि चाहिने पोषण, स्वास्थ्य, उचित सरसफाई, मनोरन्जन, स्वस्थ वातावरण, औषधी उपचार, स्याहार सुसार बसाईको स्थिति लगायतका न्यूनतम आधारभूत आवश्यकता पनि पूरा गर्न सकेको पाइँदैन । 

जिल्ला जेष्ठ नागरिक कल्याण समिति पनि कार्यात्मक हुन नसकेको र यसका सदस्य नै यसमा जानकार समेत नरहेको  पाइन्छ । यसमा सरोकारवालाहरुको ध्यान कहिले जानेरु बेरोजगारीले ल्याएको प्रमुख समस्या वैैदेशिक रोजगारीले पनि देशमा ठूलो चुनौती थपेको छ । परिवारिक माया मोह सद्भावको वातावरण जबसम्म घरघरबाट लागू गर्न सकिँदैन । तबसम्म देशमा ज्येष्ठ नागरिकका समस्या मात्र होइन अन्य समस्याहरु आईरहनेछन् । विडम्बना श्रद्धा, आदर, माया, ममता उचित स्याहारसुसार र सद्भाव चाहिने बेलामा उच्च घराना भनाउँदाका आमा बुवाहरु सडकपेटी र वृद्धआश्रममा पुगेका छन् । 

बाबु आमालाई उचित पालन पोषण नगरी आश्रम पुर्याउँने छोरा छोरीलाई कारबाही हुनुपर्दछ । ज्येष्ठ नागरिमैत्री जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्दछ । ज्येष्ठ नागरिकले पाउँने सेवासुविधामा विशेष सहुलियतको व्यवस्था हुनुपर्दछ । सरोकारवाला निकायले समन्वय, सहकार्य र सञ्जालीकरणमा जोड दिनु पर्यो ।

विद्यालयस्तरमा नै ज्येष्ठ नागरिकमैत्री पाठ्यक्रम समावेश गर्ने, भएका नीति योजना तथा कार्यक्रमकोे अक्षरस कार्यान्वयन गर्ने वातावरण बनाउनु पर्दछ । ज्येष्ठ नागरिकहरुलाई विषय विशेषज्ञको रुपमा विभिन्न संघ संस्थामा व्यवहारिक ज्ञानको रुपमा प्रयोग गर्न जोड दिने अवस्था बनाउनु पर्दछ ।

वैैदेशिक रोजगारीलाई  कम गरी स्वदेशमा नै काम गर्ने वातवरण तय गरेमा बाबुआमाले उचित माया र सम्मान पाउँने  अवस्था सृजना हुने थियो । उनीहरुको जीवनचर्यालाई उचित सम्मानका साथ जिउनका लागि सरकारले बेलैमा सोच्नु पर्ने अवस्था छ ।  विद्यालयस्तरमा नै ज्येष्ठ नागरिकमैत्री पाठ्यक्रम समावेश गर्ने, भएका नीति योजना तथा कार्यक्रमकोे अक्षरस कार्यान्वयन गर्ने वातावरण बनाउनु पर्दछ ।

ज्येष्ठ नागरिकहरुलाई विषय विशेषज्ञको रुपमा विभिन्न संघ संस्थामा व्यवहारिक ज्ञानको रुपमा प्रयोग गर्न जोड दिने अवस्था बनाउनु पर्दछ । प्रत्येक घर घरमा उचित, माया र सद्भावपुर्ण वातावरण तय गर्नु पर्ने आवश्यक छ । “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” नेपाली भनाईलाई सार्थक पार्न जरुरी छ । ज्येष्ठ नागरिक जिउँदो इतिहासका पाना भएकाले उनीहरुको अनुभवबाट नयाँ पुस्ताले ज्ञान सिक्नु पर्दछ । 

ज्ञानको भरपुर प्रयोग गरी नातीनातिनाहरुलाई हिजोको संस्कार, सम्मान, रितिरिवाज कथा सुन्ने मौका दिनु नै आजको आवश्यकता र समयको माग हो भने ज्येष्ठ नागरिकको उचित माया र सम्मान पनि हो । बुबा आमाले वृृद्धाआश्रम होईन पारिवारसँगै रमाउन पाउनुपर्दछ । भोलि सबैको अवस्था त्यही नै हो बेलैमा जिवित देवको पूजामा लागे आफ्नो खुशी पनि साथ लागेर आउँनेछ ।

कल्पना नेपाल आचार्य       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

87.5%

खुसी

0%

दुःखी

0%

अचम्मित

12.5%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्