पूर्वीय भूमिलाई तपोभूमिका रुपमा पनि चिनिन्छ । पूर्वीय ज्ञान–सिद्धान्त हाम्रो अमूल्य निधि हो । यसको गहन अध्ययन र चिन्तन गर्नु आवश्यक छ । हामी भित्रको मनुष्यलाई उजागर गर्न, हाम्रो समाजवालाई शान्ति, समृद्धि र सुशान प्रदान गर्न हाम्रा ऋषिमुनिहरुको असाधारण तर्फबाट सिर्जना भएका अमूल्य विद्यालाई बिर्सिएर सम्भव हुँदैन । भनिन्छ, गीता नपढेका मान्छेले पूर्वीय दर्शनको गुदी कुरा बुझेको हुँदैन । गीता दर्शनको गहन अध्ययनले आजको मान्छेलाई के फाइदा पुग्छ ? जीवन र जगतलाई हेर्ने, बुझ्ने र बदल्ने कुरामा के सहयोग पुग्छ ? जो कोहीको पनि यस्ता जिज्ञासाहरू हुनु स्वभाविकै हो । वैदिक काललाई मानव सभ्यताकै प्राथमिक काल र वेदलाई प्रथम ग्रन्थ मानिएको छ । आजसम्मको तथ्यको आधारमा भन्दा ई.पू.पाँच हजार वर्ष पहिले वेदको रचना भएको थियो । त्यस समयमा लेख्य परम्पराको विकास नभएकाले लामो समय वेद श्रुति परम्पराबाट नयाँ पुस्तामा आयो ।
गीता दर्शनमा सबैभन्दा महत्वपूर्ण मानिने तीन मार्गहरु हुन्– ज्ञान योग, कर्म योग र भक्ति योग । यी तीन योगहरुलाई मुक्ति मार्गको रुपमा वर्णन गरिएको छ । गीता दर्शनको दार्शनिक पक्ष यीनै मार्गहरुको वर्णनमा उजागर भएका छन् । दर्शनको मुख्य लक्ष्य भनेको मानव जातीको मुक्ति हो अर्थात् मोक्ष प्राप्ति हो ।
यो ब्राह्मण, क्षेत्री र वैश्य जातिका पुरुषहरूले मात्र सुन्न पाइने परम्पराका कारण अरुले पनि सुन्न पाउने गरी श्रति सुनेकाहरूले स्मरण गरेर स्मृति लेखेका थिए । स्मृति भनेको श्रोताहरूको इतिहास हो । स्मृतिका तीन आयामहरू छन्– स्मृति, पुराण र महाकाव्य । यसमा पनि १२ स्मृति, १८ महापुराण, १८ उपपुराण र रामायण र महाभारत महाकाव्य । स्मृतिमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ– श्रीमद् भागवत गीता । यसलाई कृष्ण गीता पनि भनिन्छ । यीमध्ये श्रीमद् भागवत गीता पुराण पढे बाँकी सबैको सार ज्ञान यसैमा पाउन सकिन्छ ।
महाभारतको अन्तिम युद्धमा जीवन उत्सर्ग गर्न तयार भएर उभिएका विपक्षी सेनाहरूको बीचमा आफ्नै गुरुहरू, साथीहरू र सबै आफन्तहरूलाई युद्ध भूमिमा देखेपछि शक्तिशाली योद्धा अर्जुन शोक र करुणाले भावविह्वल हुन्छन् । उनको मन मोहग्रस्त हुन्छ र उनी यो लडाइँ छाड्ने मोडमा पुग्दछन् । कृष्णले युद्व छोड्ने मानसिकतामा पुगेका अर्जुनलाई पुनः युद्धको लागि तयार बनाउने क्रममा कृष्ण र अर्जुनबीच भएको संवाद नै कृष्ण गीता हो । यस आलेखमा गीता दर्शनमा वर्णन गरिएको तीन महत्वपूर्ण योग/मार्गको विषयमा चर्चा गरिने छ । गीता दर्शनमा सबैभन्दा महत्वपूर्ण मानिने तीन मार्गहरु हुन्– ज्ञान योग, कर्म योग र भक्ति योग । यी तीन योगहरुलाई मुक्ति मार्गको रुपमा वर्णन गरिएको छ । गीता दर्शनको दार्शनिक पक्ष यीनै मार्गहरुको वर्णनमा उजागर भएका छन् ।
दर्शनको मुख्य लक्ष्य भनेको मानव जातीको मुक्ति हो अर्थात् मोक्ष प्राप्ति हो । यी तीन मार्गको व्याख्यामा पनि मानवले मुक्ति कसरी प्राप्त गर्न सक्छ भन्ने कुराको राम्रोसँग उल्लेख गरिएको छ । सबै मानिसको स्वभाव र कर्म एउटै नहुने भएकाले गीता दर्शनले मुक्ति अर्थात् सफलताको लागि तीन थरीका बाटो देखाएको छ ।
तीन मार्गको विषयमा कुरा गर्नु भन्दा पहिले यहाँ थोरै योगको भनेको के हो भन्नेबारेमा उल्लेख गर्न आवश्यक छ । गीतामा ‘‘सिद्धयसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते’’ सफलता वा असफलता जे भएपनि सम्भावमा रहनुलाई नै योग भनिएको छ । यहाँ योगको अर्थ ‘समभाव’ हो । विजय–पराजय, दुःख–सुख, लाभ–हानी जे भए पनि आफ्नो मार्गबाट विचलित नहुनु नै योग हो । अर्को भाषमा भन्दा जस्तोसुकै कठिन समयमा पनि अविचिलित भावमा रहन सक्नु नै वास्तवमा योग हो । गीतामा भनिएको तीनै मार्गका लागि ‘योग’ अनिवार्य हुन्छ ।
ज्ञान योग
अध्यात्मवादीहरूको मुक्ति मार्ग हो–ज्ञान योग । यसलाई ज्ञान मार्ग पनि भनिन्छ । गीता दर्शनका अनुसार, कुनै पनि वस्तुप्रतिको मोह त्याग र संसारको व्याख्या गर्न सकियो भने दुःखबाट मुक्ति प्राप्त गर्न सकिन्छ । ज्ञान मार्गलाई मुक्ति प्राप्ति गर्ने कठिन बाटो मानिन्छ । यो मार्ग तपस्या गर्न सक्ने, शास्त्रको ज्ञान भएका मेधावी व्यक्तिका लागि मात्र उपयुक्त हुन्छ । त्यसकारण यो मार्गमा थोरै मानिसहरूले मात्र हिँड्न सक्छन् । गीताको अध्याय चारमा ज्ञान मार्गको व्याख्या गरिएको छ ।
योगमा नहिँड्ने ज्ञानीहरू मुक्त हुँदैनन् । गीतामा भनिएको छ, जो व्यक्ति सफलता र असफलता दुवै आवस्थामा स्थिर चित्तमा रहन्छ, शुभ हुँदा हर्ष र अशुभ हुँदा घृणा गर्दैन, इन्द्रिय तृप्तिका सबै चाहनाबाट मुक्त छ, कसैप्रति ईष्या गर्दैन र अहङ्कार शून्य छ, त्यस्ता व्यक्ति दिव्य ज्ञानी हुन्छन् ।
गीतामा भनिएको छ, ज्ञान मार्गमा हिँड्दैमा सबैको मुक्ति मिल्दैन । त्यसका लागि ज्ञान ‘योग’मा हुनुपर्दछ । योगमा नहिँड्ने ज्ञानीहरू मुक्त हुँदैनन् । गीतामा भनिएको छ, जो व्यक्ति सफलता र असफलता दुवै आवस्थामा स्थिर चित्तमा रहन्छ, शुभ हुँदा हर्ष र अशुभ हुँदा घृणा गर्दैन, इन्द्रिय तृप्तिका सबै चाहनाबाट मुक्त छ, कसैप्रति ईष्या गर्दैन र अहङ्कार शून्य छ, त्यस्ता व्यक्ति दिव्य ज्ञानी हुन्छन् । उनीहरुले वास्तविक शान्ती प्राप्त गरेका हुन्छन् । त्यस्ता व्यक्तिले मात्र ज्ञान मार्गबाट मुक्ति प्राप्त गर्न सक्दछन् ।
यहाँ दिव्य ज्ञानलाई सबैभन्दा महान् र पवित्र वस्तु भनिएको छ । अर्को शब्दमा भन्दा अज्ञानता नै बन्धनको मूल कारण हो र ज्ञान मुक्तिको कारण हो । ज्ञानप्रति श्रद्वा नभएका व्यक्तिहरुले बन्धनबाट छुटकारा पाउन नसक्ने कुरा गीताको शिक्षामा पाइन्छ । ज्ञान मार्गलाई स्थित पा्रज्ञ पनि भनिन्छ । स्थित प्राज्ञ भनेको दिव्य चेतनामा अवस्थित व्यक्ति, अविचलित मान्छे हो । बुद्धि स्थिर हुनुपर्छ । चिन्तनमा विचलन आयो भने मुक्ति हुँदैन । वेदमा भनिएको छ, ‘‘असन्तुष्ट ब्राह्मण नष्ट’’ अर्थात् ज्ञानको मार्गमा हिँड्नेहरू असन्तुष्ट भए भने तिनीहरू नष्ट हुन्छन् । असफल हुन्छन् ।
कर्म योग
सामान्य मानिसका लागि उपयुक्त मानिने मार्ग हो– कर्म मार्ग । निष्काम कर्म गर्नु नै कर्म मार्ग अर्थात् कर्म योग हो । फलको आशामा गरिने कर्ममा लगाव हुँदैन । त्यस्तो कर्ममा फल पाइन्छ कि पाइँदैन भन्नेतर्फ ध्यान जान्छ, कर्ममा ध्यान जाँदैन । विना लगाव कर्म गर्दा कर्म सफल हुन सक्दैन ।
गीतामा भनिएको छ,
कर्माण्यवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधीनमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ । अर्थात् तिम्रो अधिकार कर्ममा छ, फलमा होइन । तसर्थ कर्तव्य ठानेर कर्म गर तर फलको आश नगर । कर्म योग भनेकै प्रेमपूर्वक निस्वार्थ आफ्नो कर्म गर्नु हो । मानव जातिले अहिलेसम्म गरेको कर्ममा आफ्नो कर्म थप्नु नै कर्म योग हो । गीतामा फलको आश नगर भन्नुको तात्पर्य आफ्नो निम्ति मात्र होइन, सिंगै समाजले फल पाउने गरी कर्म गर भनिएको हो ।
फल पाउने गरी कर्म गर्दा फल पाउने कुरा मुख्य हने भएकाले सहि कर्म हुन सक्दैन । उदाहरणका लागि सडक निर्माण गर्ने ठेकेदारको मुख्य ध्येय नै पैसा कमाउनु हुँदा उसले गरेको कर्मबाट उसलाई मात्रै फाइदा पुग्दछ । किनकि त्यस्ता ठेकेदारले बनाएको सडक थोरै समयमै भत्कि हाल्छ । त्यसबाट समाजलाई कुनै लाभ हुन सक्दैन ।
गीताको यो शिक्षासँग मेलखाने मार्क्सको पनि एउटा शिक्षा छ, ‘‘यो जति पनि ज्ञान–विज्ञान छ, त्यो सामाजिक श्रम हो, निजी होइन ।’’ तसर्थ कर्म गर्नु भनेको सम्पूर्ण मानव जातिले गरेको श्रममा आफ्नो पनि श्रमको अंश थपेर अझ समृद्ध गर्नु हो ।
गीतामा भनिएको छ, ‘‘जसले आफ्नो इन्द्रिय स्वादका लागि मात्र भोजन तयार गर्दछ, त्यसले पाप मात्रै खान्छ ।’’ गीता दर्शनको यो शिक्षाले गलत बाटोमा हिँडेका व्यक्तिहरुलाई सहि बाटो हिँड्न प्रेरणा दिने हुँदा आजका लागि पनि यो ज्ञान त्यतिकै महत्वको छ । गीताको यो शिक्षासँग मेलखाने मार्क्सको पनि एउटा शिक्षा छ, ‘‘यो जति पनि ज्ञान–विज्ञान छ, त्यो सामाजिक श्रम हो, निजी होइन ।’’ तसर्थ कर्म गर्नु भनेको सम्पूर्ण मानव जातिले गरेको श्रममा आफ्नो पनि श्रमको अंश थपेर अझ समृद्ध गर्नु हो । आजको कुनै पनि कर्म हिजोको सिङ्गो मानव जातिले गरेको कर्मको प्रतिफल हो । आज विज्ञान–प्रविधिले यो सफलता पाउनुमा हिजोको पुर्खाहरूले आविष्कार गरेको ढुङ्गे हतियारको भूमिका पनि त्यतिकै महत्वपूर्ण छ ।
कर्म गर्दा कर्ता भएर होइन, निमित्त भएर गर्नुपर्छ । गीतामा कृष्ण अर्जुनलाई सम्झाउँदै भन्छन्, ‘‘निमित्त मात्र भवार्जुनः ।’’ अर्जुन तिमी निमित्त मात्र बन । यो युद्ध त चलि नै रहेको छ, तिमीले यसको संयोजन मात्र गर । राजनीति गर्ने नेताहरू पनि कर्ता होइनन्, निमित्त मात्र हुन् । राजनीति त चलि नै रहेको छ, नेताले त संयोजन मात्र गर्ने हो । तर नेता नै कर्ता बन्न खोज्दा राजनीति पनि बिग्रिएको छ ।
गीताका अनुसार, आफ्नै शरीरिरको पालन पोषण गर्न भएपनि कर्म गर्नु अनिवार्य छ र आशक्ति नराखीकन कर्म गर्नाले सिद्धि प्राप्त हुन्छ ।
भक्ति मार्ग
गीतामा दुःख–सुखमा समान रहने, कहिल्यै हर्षित र शोक नगर्ने, शुभ–अशुभ दुवै वस्तुको त्याग गर्न सक्ने, मित्र र शत्रुमा भेद नगर्ने र कुनै फलप्राप्तिको आशक्ति नभएका व्यक्ति मात्र भक्ति मार्गमा लाग्न योग्य हने कुरा गरिएको छ । लक्ष्यप्रति हुने प्रेम नै भक्ति योग हो । कुनै पनि कुराको सफलता लगाव कति छ भन्ने कुराले निर्धारण गर्दछ । त्यसकारण मान–हानी, विजय–पराजय, दुःख–सुख जे भए पनि तीव्र लगाव र समभाव भयो भने सफलता अनिवार्य प्राप्त हुन्छ ।
लगाव बिनाको मान्छे नै हुँदैन तर सबैले आफ्नो लगाव भेट्दैनन् । आफ्नो प्रेम भेट्नेहरू सफल हुन्छन्, मुक्त हुन्छन् । लक्ष्यमा एकाकार हुनु ध्यान हो । मान्छेको लगाव प्रेमको स्तरमा हुने हो भने सफलता कसैले रोक्न सक्दैन ।
भक्ति योगको मुख्य सूत्र हो– प्रेम । प्रेम नभएको विषयमाथि भक्ति हुँदैन र त्यो आफ्नो विषय पनि हुँदैन, भयो भने त्यो काम चलाउ मात्रै हुन्छ । प्रेम भएको विषयमा मान्छे मर्न परे पनि तयार हुन्छन् । चे ग्वेभाराको क्रान्तिप्रति अगाध प्रेम भएकैले क्रान्तिका निम्ति उनी शहीद भए तर विचलित भएनन् । लगाव बिनाको मान्छे नै हुँदैन तर सबैले आफ्नो लगाव भेट्दैनन् । आफ्नो प्रेम भेट्नेहरू सफल हुन्छन्, मुक्त हुन्छन् । लक्ष्यमा एकाकार हुनु ध्यान हो । मान्छेको लगाव प्रेमको स्तरमा हुने हो भने सफलता कसैले रोक्न सक्दैन । ध्यान योग भक्तले मात्र गर्न सक्दछ । भक्त त्यो हो जो त्यस चिजप्रति सच्चा पे्रमी छ । प्रेम भनेको निकटता हो । आत्मीयता हो ।
प्रह्लादको जस्तो भक्ति भयो भने भक्ति मार्गमा लाग्ने जो कोहि पनि मुक्त हुने कुरा गीतामा लेखिएको छ । प्रह्लादलाई भक्तिको उत्कृष्ट पात्र मानिन्छ । गीताको दशौँ अध्यायमा भक्तिबारेमा कृष्णले व्याख्या गरेका छन्, ‘‘भक्तिमा म प्रह्लाद हुँ ।’’ गीतामा वर्णन गरिएको अर्को महत्वपूर्ण पक्ष ‘समदर्शीपन’ अर्थात् ‘द्रष्टाभाव’ हो, जसको अर्थ हुन्छ–समान दृष्टि राख्नु । ज्ञान योगमा समदर्शी मुख्य पक्ष हो । सामान्य चेतनाले समदर्शी देख्न सक्दैन । समदर्शी भन्नुको तात्पर्य जगतका तमाम वस्तुलाई आफूसमान देख्न सक्ने अन्तरदृष्टि हो ।
विद्याविनयसंपन्ने ब्रह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।
विनम्र साधु पुरुष आफ्नो वास्तविक ज्ञानबाट प्राप्त गुणका कारणले एउटा विद्धान तथा विनित ब्राह्मणलाई र गाई, हात्ती, कुकुर तथा चण्डाललाई समान दृष्टिले हेर्दछन् । गीता दर्शनले दिने शिक्षा आजका लागि पनि त्यतिकै उपयोगी छ ।
राजकुमार श्रेष्ठ
प्रतिक्रिया