मानव सभ्यताको विकासक्रमा ककेसियन, मङ्गोलाइड,द्रबिड र आग्नेय महावंशका सयौँ जातजातिहरु बसोबास गर्दछन्। त्यसैगरी भारोपेली, भोटबर्मेली, द्रबिडियन र आग्नेय परिवारका सयौ भाषा-भाषिकाहरु बोल्ने एवं दर्जन जति नेपाली रहेका छन् नेपालमा। त्यसैले नेपाल बहुल राष्ट्रियता भएको देश हो। तर यस्तो बहुल राष्ट्रियता भएको देशमा लामो समयदेखि केन्द्रीकृत एकात्मक (एकभाषिक, एक जाती, एकधार्मिक) राज्य सञ्चालन भएको छ।
बहुल राष्ट्रियतायुक्त नेपाली समाजलाइ एकात्मक केन्द्रीकृत जातिवादी शासन मात्र लादिएन, बरु एकै नश्लका, एकै धर्मका एकै भाषिक समुदायका मानिसहरुलाइ समेत छुवाछुत र भेदभाव गर्ने वर्णवादी विभेदपूर्ण शासन व्यवस्थाले नेपाली समाज लामो समयदेखि थिलथिलो हुँदै आएको छ। वर्ण व्यवस्थालाइ नचिन्ने र नमान्ने मङ्गोलाइड महावंशका जातिहरुलाइ समेत वर्णव्यवस्थामा घुसाएर जबरजस्ती छुवाछुत र विभेद मान्न र गर्न प्रशिक्षित गरियो।
पृष्ठभूमि
दुनियाँको समाज विकास भारतीय उपमहाद्वीपको समाज विकास भिन्न ढङ्गले भएको छ। विद्यमानमा रहेका राजनीतिक दृष्टिकोण (उदारवादी र साम्यवादी)हरुले यस बारेमा गरेको अध्ययन र विश्लेषण प्रष्ट र बैज्ञानिक देखिँदैन। ऐतिहासिक द्वन्दवादलाइ पनि आत्मसात गरेको पाइँदैन। भारतीय उपमहाद्वीपको प्राग-ऐतिहासिक समाज वर्णश्रमी थिएन। वर्णश्रमी सामाजिक संरचना त ककेसियन नश्लका वैदिकहरु भारतवर्षमाविजित भएपछि निर्माण गरेको सामाजिक संरचना हो।
भारतीय उपमहाद्वीपको हिमवत खण्डमा रहेका खस, मङ्गोल सभ्यताका कसैमा पनि वर्णवाद थिएन भने दक्षिणमा द्रबिडियन र आग्नेय कुनै सभ्यतामा पनि वर्णवादी सामाजिक संरचना भएको पाइँदैन। वर्णवादी सामाजिक संरचना त वैदिकहरुमा पनि विभेदको रुपमा थिएन। वैदिकहरुमा चार आश्रम थियो, बिस्तारै वर्ण व्यवस्थामा परिणत गरियो, सुरुमा जन्मका आधारमा नभई कर्मका आधारमा वर्ण-व्यवस्था लागू गरिएको थियो।जब मनु सत्तामा पुगे उनले वर्ण व्यवस्थालाइ कर्मको आधारमा होइन जन्मको आधारमावर्णव्यवस्था कायम मात्र नगरी श्रम छनौटमाथि प्रतिबन्ध लगाए।
भारतीय उपमहाद्वीपमा वर्ण व्यवस्थाले चरम सामाजिक विभेद र उत्पीडन सृजना ग-याे
वर्ण विभेद र उत्पीडन गर्नु र सहनुलाई सामाजिक मान्यता बनाउँदै कालान्तरमा संस्कृति बनायो। त्यसलाइ बिस्तारै राजकीय (कानुनी) मान्यता प्रदान गर्यो। वर्ण व्यवस्था नरहेका आदिवासी र आदिवासी-जनजाति समुदायले समेत वर्णवादी सामजिक विभेद र उत्पीडनलाइ आत्मासात गर्न बाध्य भए। अहिले नेपाललगायत सिङ्गो भारतीय उपमहाद्वीपमा कुनै पनि विषयको बारेमा बहस गर्नु पर्दा वर्णवादी कोणलाइ आधार बनाइन्छ। जस्तै वर्णवाद नमान्ने श्रवण सम्प्रदाय शाक्य कुलमा जन्मिएका सिद्धार्थ गौतम (महामानव गौतम बुद्ध)लाई क्षेत्री हुन भनी दावा (अपव्याख्या) गर्ने गरिन्छ भने स्वामी प्रपन्नाचार्य (कालेराई)ले किरातीहरु शासन गरेका शासक हुनाले क्षत्रिय भएको दावा गरेका छन्।
मार्क्सवादले वर्णवादी संस्कृति र त्यसले सृर्जना गरेको सामाजिक विभेद र उत्पीडनकारी संस्कृतिको बारेमा त देखेन नै। वर्णवादी संस्कृतिमा जन्मिएर हुर्किएका कथित उच्च जातिका व्यक्तिहरु नै मार्क्सवादका व्याख्याता भएको हुनाले वर्णवादी सामन्तवादी समाजको चर्चा वा विवेचना नै गरिएन।
समाज विकासको क्रममा भारतीय उपमहाद्वीपमा वर्ण व्यवस्था विहीन सामाजिक संरचना भएका ठाउँको भन्दा फरक ढङ्गले समाज विकास भएको पाइन्छ। राज्यलाइ नै प्रयोग गरी कथित उच्च जातका सम्भ्रान्तहरुले समाजमा सिङ्गै समुदायलाइ नै अछुत बनाउने र उनीहरुका लागि भनेर कष्टकर एवं जोखिमपूर्ण श्रम क्षेत्र छुट्याउने नीति बनाइयो। उक्त श्रमलाइ तिरस्कृत रुपमा व्याख्या गर्ने सौन्दर्यशास्त्र बनाइ सिङ्गो समुदायलाईअपहेलित गर्ने श्रम व्यवस्थालाई मार्क्सवादले कसरी व्याख्या गर्दछ रु यहाँका साम्यवादीहरुले खोइ त यसको परिभाषा वा पुनर्व्याख्या गर्न सकेको ?
मार्क्सवादले वर्णवादी संस्कृति र त्यसले सृर्जना गरेको सामाजिक विभेद र उत्पीडनकारी संस्कृतिको बारेमा त देखेन नै। वर्णवादी संस्कृतिमा जन्मिएर हुर्किएका कथित उच्च जातिका व्यक्तिहरु नै मार्क्सवादका व्याख्याता भएको हुनाले वर्णवादी सामन्तवादी समाजको चर्चा वा विवेचना नै गरिएन। मानव सभ्यतामा विकास भएको चेतना लाई आत्मासात गरेर मात्र कम्युनिष्ट बन्न सकिन्छ भन्ने लेनिनको भनाइ भन्दा लेनिनको पोष्टर मात्र टाँसे।
नेपाली सम्यवादीले यसै भूगोलमा जन्म र विकास भएको मु्न्धुम दर्शनले छुवाछुत र विभेदमुक्त समाजको कल्पना गरेको मात्र छैन, मानिसहरु सिम्बोस: र फेम्बोसा:(धोती पहिरिने पुरुष र साडी पहिरिने महिला) मात्र हुन्छ भन्ने मान्यता राख्दछ।यद्यपि समाज विकासक्रममा उक्त समाज भन्दा बाहिर पनि अर्को समाजको कल्पना गर्दै समाजमा आउने आगन्तुकहरुलाई सँगै समावेश गरेर लैजान चोक फुङथिम (समावेशिता)को सिद्धान्त रहेको ऐतिहासिक दार्शनिक ज्ञान समेत देखेनन्।
दर्शन र दार्शनिक पक्ष
सामान्य बुझाइमा दर्शन शब्दलाइ विचारपूर्वक हेर्नु, दृष्टि दिनु अथवा ज्ञान आर्जन गर्नु भन्ने अर्थ हुन्छ। शब्द उत्पत्तिका हिसाबले संस्कृत भाषाको दृश्य धातुका आधारमा निर्मित शब्द नेपाली भाषामा आएको हो। अङ्ग्रेजीमा दर्शनलाइ उजष्यिकयउजथ भनिन्छ। ग्रिक भाषाबाट आएको उजष्यिकयउजथ को प्रयोग पहिलो पटक पाइथागोरसले प्रयोग गरेका थिए। ग्रिक भाषामा उजष्यि को अर्थ प्रेम र कयउजथब को अर्थ तर्करबुद्धि हुन्छ। तर्करबुद्धि प्रतिको प्रेमलाइ उजष्यिकयउजथ भनियो। उजष्यिकयजथ लाई नै नेपालीमा दर्शन भनियो।
दर्शनलाइ यसरी पनि बुझ्न सकिन्छ...
- आफू सहित संसारलाइ हेर्ने, बुझ्ने एवं समस्याको पहिचान र समाधान गर्ने दृष्टिकोणको अर्को नाम दर्शन हो ।
- हरेक कुरालाइ,घटनालाइ,समाजलाइ,सिङ्गो संसारलाइ र ब्रम्हाण्डलाइ हेर्ने, बुझ्ने ढङ्ग र तरिकाको नाम दर्शन हो।
- दर्शन खाली किताबको ठेली र निर्थक बहसको रुपमा मात्र बुझ्नु हुँदैन,वास्तवमा मानिसको विकासको प्रतिफल हो दर्शन।
- संसारभरी मान्छेले विकास गरेको ज्ञान विज्ञानलाई मन्थन गर्दा जुन गुदी आउँछ, त्यही कुरा त्यो बेलाको दर्शन हुन्छ।सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो।
- समय स्थिर बस्दैन, ज्ञान विज्ञान पनि स्थिर बस्दैन, निरन्तर विकास भइरहन्छ। सामाजिक आन्दोलन पनि लगातार विकास भइरहेको हुन्छ। यी सब कुराको निचोड नै दर्शन हो।
- ज्ञान विज्ञान गतिशील छ, मानिसको चेतना पनि परिवर्तित छ। सामाजिक र वैज्ञानिक प्रयोगले नयाँ नयाँ कुराहरु आइरहेको हुन्छ। मानव जातिले संसारको जुनसुकै ठाउँमा विकास गरेको ज्ञान विज्ञानको मन्थन गर्दा आउने नौनी नै सारतत्व हो, त्यही गुदी कुरा नै त्यो बेलाको दर्शन भएर प्रकट हुन्छ।
- दर्शन आफ्नो समयको ज्ञान विज्ञान र सामाजिक आन्दोलनको नौनी हो। दर्शन विज्ञान र सामाजिक आन्दोलनको गुदी कुरा भएकोले विज्ञानको पनि विज्ञान हो।
- ब्रम्हाण्डका कुनै पनि घटनालाइ हेर्ने अलग अलग ढङ्गको नाम नै दर्शन हो। न कि दर्शन भनेको बुद्धि विलास हो।
- मान्छेले जे बोल्छ त्यो पनि महत्वपूर्ण हो तर त्यो भन्दा पनि महत्वपूर्ण ऊ कसरी बाँचिरहेको छ। हरेक मान्छेको असली दर्शन उसको जीवन बाँच्ने ढङ्गमा अभिव्यक्त भइरहेको हुन्छ।
- दर्शन भनेको तर्कसँग तादाम्यता राख्ने गरी जीवन जिउने र समाज बदल्ने ढङ्ग होरतरिका होरपद्धति हो।
दर्शनशास्त्र
ब्रम्हाण्डमा अनगिन्ती चिजहरु छन्। यी अनगिन्ति चिजहरुलाइ मुख्यतया सजिब र निर्जीव गरीदुई प्रकारका अस्तित्त्वका रुपमा मान्ने रिएको छ । दर्शनशास्त्रमा सजीवहरुको संसारलाइ जीवन र निर्जीवहरुको संसारलाइ जगत बुझ्ने र भन्ने गरिन्छ। जीवन र जगतको समष्टिगत अध्ययन गर्ने शास्त्रलाइ दर्शनशास्त्र भनिन्छ। दर्शनशास्त्रमा जीवनको अध्ययन भनेको मानव र मानव समाज सञ्चालित हुने नियमहरुको अध्ययन गरी ज्ञान हासिल गर्नु हो । जगतको अध्ययन भनेको पदार्थ,पदार्थमा भएको द्वन्द, गति र परिवर्तन हुने नियमको अध्ययन गर्नु हो।जीवन र जगतको अध्ययनमा उत्पत्ति, विकास र विनासको नियमको अध्ययन गर्दछ।
मानव समाजको विकास क्रममा ज्ञानका विभिन्न शाखाहरुको विकास गरेको छ। तिनीहरुको व्यवस्थित र वैज्ञानिक अध्ययन गर्ने शिक्षा पद्धतिलाइ शास्त्र भनिन्छ। आर्थिक नियमहरुको अध्ययन पद्धतिलाइ अर्थशास्त्र भनिन्छ ,जीवहरुको अध्ययन गर्ने शास्त्रलाइ जीवशास्त्र, खगोलको अध्ययन गर्ने शास्त्रलाइ ज्योतिष शास्त्र भनिन्छ। राजनीतिको अध्ययन गर्ने शास्त्रलाइ राजनीति शास्त्र, बोटबिरुवाको अध्ययन गर्ने शास्त्रलाइ वनस्पति शास्त्र भनिन्छ। धर्महरुको अध्ययन गर्ने शास्त्रलाइ धर्मशास्त्र, मानव मनोविज्ञान अध्ययन गर्ने शास्त्रलाइ मनोसाधना शास्त्र भनिन्छ।
दर्शनशास्त्रले भने सम्पूर्ण शास्त्रहरुमा समान ढङ्गले लागू हुने आधारभूत नियमहरुको अध्ययन गर्दछ। अन्य शास्त्रको अध्ययनको सीमा र क्षेत्र हुन्छन्। आ-आफ्ना क्षेत्रमा विशिष्टीस्कृत हुँदै गए पनि अन्य क्षेत्रमा प्रभाव र हस्तक्षेप गर्न सक्तैन। जस्तो अर्थशास्त्रको नियम आर्थिक जगतमा लागू हुन्छ, तर ज्योतिष, भौतिक,जीव लगायतका शास्त्रमा लागू हुँदैन। तर दर्शनशास्त्रको नियमहरु सबै शास्त्रहरुमा लागू हुने भएकोले यसलाइ शास्त्रहरुको पनि शास्त्र भन्ने गरिन्छ।
महत्व
दर्शन सही र गलत हुन्छ। वर्तमान संसार र आफूलाई जे छ त्यही रुपमा बुझ्न र अगाडि बढ्न सिकाउने दर्शन सही दर्शन हो। महामानव गौतम बुद्धले 'यथाभूत ज्ञान दर्शन' भनी संसारलाइ जस्तो छ त्यस्तै हेर भनी सही दर्शन सिकाएका थिए। तर मान्छेलाइ भ्रमित बनाउने र सधैभरी यथास्थितिमै थच्चिएर बस्न बाध्य पार्ने, संसारलाइ रहस्यमय बनाइ राख्ने, बुझी नसक्नु बनाउने। दुस्खको कारण ठम्याउन मद्दत नगर्ने, त्यसलाइ बुझी नसक्नु बनाउने जस्ता गलत दर्शन उपज हो। गलत दर्शनले मानिसको जीवन नै अल्मलाइ दिन्छ र समाजलाइ नै दिग्भ्रमित बनाउँछ।
सही दर्शनले मान्छेलाइ भ्रमबाट ब्युँझाउँछ।सत्यलाइ जस्तो छ त्यस्तै हेर्न सिकाउँछ। सही दर्शनले मान्छेलाइ जागृत गर्दछ र जागृत मान्छेद्वारा गरिने जागरणको माध्यमबाट विद्यमान समाज र संसारलाइ बुझ्ने एवं बदल्ने र सही लक्ष्य निर्धारण र्दछन्। बदलिएको समाज र राज्यले मानव हित र प्रकृति एवं पर्यावरण हितमा आधारित विकास नीति अवलम्बन गरि प्रकृति प्रिय र मानवीय बनाउन सकिन्छ।
सही दर्शनको अबलम्बन गर्न सकियो भने मात्र विद्यमान सामाजिक अन्तरविरोधको सही निर्क्यौल गरी ठिक ढङ्गले समाधान दिन सकिन्छ। गलत दर्शनको प्रयोग गरियो भने न त समाज नै चिनिन्छ न त समाजमा कायम रहेको अन्तरविरोध नै थाहा हुनसक्छ।
घटना एउटै भए पनि हेर्ने तरिका सही र गलत हुने हुनाले धारणा समेत सहि र गलत बन्दछ। सही दर्शनले सही धारणा निर्माण हुन्छ, सही धारणा बनेपछि क्रियाकलाप सही हुन्छ अनि सही क्रियाकलाप भएपछि परिणाम पनि सही आउँछ। सही दर्शनको अबलम्बन गर्न सकियो भने मात्र विद्यमान सामाजिक अन्तरविरोधको सही निक्र्यौल गरी ठिक ढङ्गले समाधान दिन सकिन्छ। गलत दर्शनको प्रयोग गरियो भने न त समाज नै चिनिन्छ न त समाजमा कायम रहेको अन्तरविरोध नै थाहा हुनसक्छ। सामाजिक समस्या नै नबुझेपछि समाधान नै दिन सकिने कुरै आउँदैन।
त्यसैले सही दर्शनको अवलम्बन गर्न नसक्दा नेपाली राजनीतिले सामाजिक क्रान्ति (रुपान्तरण) हुन सकेको छैन। हामीले सचेत हुन जरुरी छ कि दुनियामा नै नयाँ दार्शनिक बहसको खाँचो छ। इश्वरवादी दार्शनिक विचारको विकल्पमा यान्त्रिक भौतिकवादी दार्शनिक विचार त आयो । तर यसले संसारभरि नै शान्ति दिन सकेन। झनझन अशान्ति सिर्जना मात्र गरेन, हामी सबै बस्ने धरती नै खतरामा परेको छ वैकल्पिक र नयाँ दार्शनिक बहसको खाँचो महसुस भएको छ।
भौतिकवादी दर्शनको संक्षिप्त समीक्षा
- ज्ञान-विज्ञानको क्षेत्रमा आफ्नो समकालीन दुनियाँमा उपलब्ध तथ्यहरुको संश्लेषण गरेर उन्नाइसौँ शताब्दीको मध्य देखि उत्तरार्धको समयवधिमा कार्ल मार्क्स र फेडरिक एङ्गेल्सले नौलो चिन्तन परम्पराको सुरुवात गरेका थिए।जसलाइ द्वन्दात्मक भौतिकवादी चिन्तन परम्परा वा मार्क्सवाद भनियो। त्यस अघिका चिन्तकहरुले पनि यस्तो प्रयास नगरेका होइनन् । तर मार्क्स एगेल्सको पालासम्म आउँदा मात्र यो दैविक चिन्तन परम्परालाइ जवाफ दिन सक्ने प्रभावकारी एवं वैकल्पिक चिन्तन पद्धति बनेको थियो।
- भौतिक विज्ञानको विकासमा यो यान्त्रिक विज्ञान (न्युटन)को युग थियो भने समाज विज्ञानमा यो कालखण्डलाई औद्योगिक युग भनियो। पूँजिवादी र साम्यवादी विचारधारालाई यान्त्रिक चिन्तन पद्धतिमा आधारित वा औद्योगिक युगको चिन्तन परम्परा पनि भनिएको हो। २०औँ शताब्दी सम्मको लागि आधुनिक विचारधारा थिए।
- यान्त्रिक भौतिकवादको मुलबाट पूँजिबाद र साम्यवादको जन्म भएको हो । एउटै चिन्तन पद्धतिबाट सिर्जना भएको हुनाले पूँजिवादी र साम्यवादी केही आधारभूत समानता छन्। दुबैले दैविक चिन्तनको खण्डन र भौतिकवादको वकालत गर्दछन्। समाजमा आधारभूत इकाईको खोजी गर्दछन् । पूँजीवादले आधारभूत इकाई व्यक्ति र साम्यवादले आधारभूत इकाईवर्गलाइ मान्दछन्।
- पछिल्ला अध्ययन र अनुभवहरुले देखायो कि आधुनिक (औद्योगिक/यान्त्रिक)युगमा स्थापित यान्त्रिक चिन्तन प्रणाली र त्यसको जगमा बनेको यान्त्रिक विचारधारा नै वर्तमान बैशिक सङ्कटका स्रोत हुन्। यान्त्रिक चिन्तन अनुरुप मानवीय क्रियाकलापको परिणाम नै आज विश्वमा विभिन्न सामाजिक अतिवाद, असमान विकास, सङ्क्रामक रोग एवं पर्यावरणीय सङ्कटजस्ता समस्या देखा परेका हुन्। जसको समाधानको सूत्र आजका चलन चल्तीका दार्शनिक विचारधाराको सिमाबाट सम्भव देखिँदैन। त्यसैले यसलाइवैचारिक सङ्कट भनिएको हो । नेपालको सङ्कट समेत यहि वैश्विक सङ्कटको अङ्ग हो।
चौथो औद्योगिक क्रान्तिको युगसम्म आइपुग्दा आधुनिक भौतिक विज्ञानमा लगातार तीनवटा क्रान्ति भए:
१. आइस्टाइनको सापेक्षताको सिद्धान्त र उर्जा पिण्ड समतुल्य सिद्धान्त।
२. बर्नर हाइजेनबर्ग र निल्स बोहरको सूक्ष्म प्रणालीको गैरएकलरेखिय गतिको सिद्धान्त।
३. ज्याफ्री च्यूको बुटस्ट्रप सिद्धान्त।
यान्त्रिक चिन्तनको बिशेषता:
- जीवन र जगतको अध्ययन केवल बस्तुगत अवलोकनबाट हुन्छ।
- ब्रम्हाण्ड र समय एक अर्कामा अलग मान्दछ।
- नदेखिने कुराको अस्तित्व अस्वीकार गर्दछ।
- अलग थलगमुखी पद्धतिलाइ आत्मा सात गर्दछ।
- विपरित तत्वको कृयाशिलतामा बिश्वास गर्छ।
- यन्त्रमा जस्तै मानिस र मानव समुदायलाइ तुलाना गर्छ।
- चेतन वा आत्माको स्वायत्तता स्वीकार गर्दैन।
यान्त्रिक भौतिकवादको परिणाम
विज्ञान प्रविधिको क्षेत्रमा बस्तुगत अवलोकन नै ज्ञान विज्ञानको एकमात्र पद्धति हो भन्ने यान्त्रिक भौतिकवादीहरुको विश्वासलाइ पूर्वीय (वैदिक, ताओ, मुन्धुम, प्राकृत, मष्ट आदि) चिन्तन परम्पराले सङ्कटमा पारिदियो। आधुनिक प्रविधि सहितको यान्त्रिक विज्ञानको सूक्ष्म अनुसन्धानबाट आविस्कार भइरहेका कुराहरु हजारौँ वर्ष पहिले नै पूर्वीय चिन्तकहरुले आत्माअवलोकन (ध्यान, तान्त्रिकरधामी,बिजुवा आदि)को बिधिबाट ठम्याइ सकेका रहेछन्।
यस्तै यान्त्रिक भौतिकवादीका दुई सन्तान पुँजिबादी र साम्यवादीहरुले सञ्चालन गरेको शासन समग्र मानव हित भन्दा सत्ताको वरिपरि रहनेहरुको हितमा मात्र सिमित बन्न पुग्यो। मानवीय समवेदनालाइ बिर्सिएर मान्छेलाइ पैसाको पछि मात्र दौडायो, उपभोक्ताबादी संस्कृतिको विकास गरायो। जसको कारण मानसिक रुपमा द्रव्यपिचासी मनोविज्ञानको विकास गर्यो र अपराधिकरणलाइ संस्थागत गरायो।प्रकृतिको दोहनलाइ नै विकास र समृद्धिको नामाकरण गरे। जसले गर्दा पर्याबरण असन्तुलित बनाइ ओजोन तह नै घटाएर प्राणी जगतकै साझा घर यो धरतीको अस्तित्व नै सङ्कटमा फस्न पुग्यो।
इश्वरवादी दर्शनको विकल्पमा समसामयिक ज्ञान विज्ञानको विश्लेषणको आधारमा यन्त्र विज्ञानको वरिपरि रहेर ऐतिहासिक द्वन्दात्मक भौतिकवाद नामक यान्त्रिक भौतिकवादी दर्शनले प्रगतिशील स्वरुपै क्रियाशील रह्यो। पछिल्लो ज्ञान विज्ञानको खोज एवं सूचना प्रविधिको विकासको सूक्ष्म अध्ययनबाट अब उक्त विचार यथास्थितिवादी बन्र पुग्यो।नेपालमा त त्यही यान्त्रिक भौतिकवादी दर्शन पनि सही ढङ्गले आत्मा सात गरिएन, वर्णवादी सामान्तवादी सांस्कृतिक धरातल छिचोल्नै सकेन। तेसैले नेपाली समाज वर्णएवादी सामान्तवादको चङ्गुलबाट उम्कनै सकेन र सामाजिक रुपान्तरण पनि हुन सकेन।
बिसौनी
वर्णवादी दर्शनद्वारा निर्देशित वर्ण व्यवस्थामा आधारित अनन्त फुटको संरचना भएको नेपाली समाजमा परिवर्तनको नाममा यान्त्रिक भौतिकवादी दर्शनका (यहुदीवाद) जुम्ल्याहा सन्तान उदारवाद र साम्यवादको बलशाली दबदबा रहेको छ। तर तिनीहरुले नेपाली समाजमा जरा गाडेर बसेको उत्पीडनकारी दर्शन (श्वरवादमा आधारित वर्णवाद) को गुदीलाई जोगाएर हिँडेका कारण नै आज कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमत लिएर पनि होली-वाइन देखि पशुपतिमा ३० करोडको जलाहरी र राम मन्दिरमा करोडौँ खर्च गर्नतर्फ उद्यत हुने तर जनताको स्वास्थ्य, शिक्षामा खर्च गर्न कञ्जुस्याइँ गर्ने प्रवृति बढेको छ।
त्यतिमात्र होइन, वर्णवादले भाग्यवादलाइ प्रश्रय दिन्छ भने उदारवादले उपभोक्तावादलाइ प्रश्रय दिन्छ। यसैको परिणाम राजनीतिक नेतालाइ विष्णुको अवतारको रुपमा अन्धभक्तको जमात बनाउँदछ। अर्कातिर बैशिक सङ्कटको रुपमा आएको कोरोनाको खोप लगायतको स्वास्थ्य सामाग्री खरिदमा पनि कात्रोमा नै गोजी हुने भए जस्तो कमिसन र भ्रष्टाचारमा लिप्त छ। यसलाइ आम संस्कृति बनाउने प्रयास गर्दैछ।
२१औँ शताब्दी पहिचान,अधिकार र स्वभिमान एवं सामूहिक समृद्धि र समतावादको युग हो। यसले पकृति (पर्यावरण) रक्षा एवं मानव हितमा आधारित विकास नीति अपनाउनु अपरिहार्य छ। यसका लागि वैश्विक रुपमा बैकल्पिक दर्शनको आबस्यक महसुस भएको छ। नेपाली समाज भारतीय उपमहाद्वीपको अभिन्न अङ्ग भएको हुनाले जाति(वर्ण) वर्ग संघर्षको द्वन्दात्मक ऐतिहासिक विश्लेषणको आधारमा द्वन्दात्मक प्राकृतिक (सामुदायिक)समाजवादी दृष्टिकोणबाट निर्देशित हुन जरुरी छ।
प्रतिक्रिया