मलाई कहिलेकाही आमासँथ पनि रिस उठ्छ। आज आमाले सिकाएको संस्कारले छोरीको ईज्जत बच्न सकेन किन रु बाँच्ने अधिकार समेत रहेन। स्वतन्त्रता लुटिँदैछ। समाजमा जिउने आशाको हरण हुँदैछ। हत्या भएको मृत आत्माको चित्कार सुनिदिने कोही छैन। इज्जतको कुरै छोडौँ। जन्मपछिको मृत्यु अनिश्चितताको संघारमा पुगेकोछ। देशका घटना परिघटनाले देखाएको दृष्य हेर्दा निकै कहाली लागेर आउँछ । एक मुठ्ठी स्वास बचाउँने आँट छैन। न घरभित्र सुरक्षा छ। न त घर बाहिर। कतै खुल्ला आकाश मुनि लामो श्वास फेर्दै हिँड्न पनि छुट छैन।
नाबालिग छोरीचेलीको लागि यो समाज दिनमै अन्धाकारमय हुन पुगिरहेको छ किन ? उसो त वैदिक कालमा महिलाहरूलाई पनि पुरुषसरह समान अधिकार प्राप्त थियो। त्यति बेलाको समाजमा वेद विज्ञ महिलाहरूलाई ब्रह्मवादिनी भनिन्थ्यो। गार्गी, मैत्रेयी, अश्वपाला आदि वैदिक कालकी प्रसिद्ध ब्रह्मवादिनीहरू थिइन् । वेदमा उल्लेख गरिए अनुसार 'यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर शास्त्रहरूले पनि नारीको महिमा गाएका छन् तर मध्ययुगमा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको सुरुवात भयो, त्यसैगरी नारीप्रति पनि विभेद गर्न थालियो। धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरू प्रति भेदभाव गरिएको यसै मध्ययुगदेखि चलिआएको पाइन्छ।
छोराले जे गर्दा पनि घरको इज्जत जाँदैन भन्ने सिकाईले आज पुरुष अधिनायकत्व संरक्षित भएको हो । छोरीहरुलाई दिँदै आएको शिक्षा छोरालाई पनि दिन सकेको भए दिनानुदिन हिंसात्मक घटना हुँदैनथे ।
जसको उपजमा आजको समयमा पनि हजारौँ छोरीचेलीहरुले आफ्नो आयुअनुसार मृत्यु वरण गर्न पाईरहेका छैनन् । छोरीलाई जस्तै छोरालाई संस्कार सिकाएको भए आज दैनिक बलात्कारका घटना बाहिरिने थिएनन्। छोराले जे गर्दा पनि घरको इज्जत जाँदैन भन्ने सिकाईले आज पुरुष अधिनायकत्व संरक्षित भएको हो । छोरीहरुलाई दिँदै आएको शिक्षा छोरालाई पनि दिन सकेको भए दिनानुदिन हिंसात्मक घटना हुँदैनथे । छोराहरुलाई घरको हालीमुहाली बनाएर घरको सदस्य ठान्ने र छोरीलाई पराई घर जाने भनेर कमजोर कमजोर बनाउने पारिवारिक अभ्यासले गलत सिकाईको विकास गरेको छ। घरमा बाबु आमाले देखाएको सहानुभूतिले छोरी को अस्तित्व जोगिन कुनै आधार रहेन।
छोरीहरुलाई बाँच्नको निम्ति उज्यालो देखाउने कुनै दीप छैन। जताततै डर र त्रासको वातावरण छ। असुरक्षित जीवन बचाउँने कुनै बहाना छैन। छोरी भएर जन्मिएकै करण आज यो समाजमा जिउने आधार कमजोर भइरहेछ। आमाले सधैँ भन्ने गरेका ती उपदेशहरुले छोरीले आफ्नो अस्तित्व बचाउन सकेन। शारीरिक र मानसिक रुपमा कतै संसार बुझ्न नपाएर छोरीहरु कमजोर बन्दै आएका छन्। अझै आमा भन्छिन्, 'छोरी मर्यादित भएर बस्नुपर्छ। अनुशासित भएर हिड्नुपर्छ। धेरै फर्याक फुर्कुक गर्नु हुँदैन। यता उता हिँड्नु हुँदैन। छोरीले धेरै उत्ताउली भएको सुहाउँदैन। अर्काको घर जाने जातले घर बाहिर निस्किए इज्जत जान्छ ।'
अहो ! आमा, यो कस्तो संस्कार ? यी सबै कुरा हेर्दा यहाँ आमाको धेरै ठूलो दोष देखिन सक्छ तर गहिराईमा गएर नियाल्दा आमा जुन समाजमा हुर्किनु भयो त्यसको सबैभन्दा ठूलो प्रभाव हो यो । त्यो सिकाईले छोरी असाध्यै मर्यादित भएर के बिगारे। आजभोलि दिन दुई गुणा रात चारगुणा छोरीचेलीमाथि हत्या हिंसाको घटना किन भइरहेछन्। छोरीलाई जस्तै छोरालाई सिकाउने आमाको भूमिका खै ? हो, म छोरी हो। अहिलेसम्म आमाले भनेकै सबै छोरीहरुले हस् भन्दै मान्दै आएका छन्। अनि कुनै छोरीले कुनै छोरालाई बलत्कार गरेर हत्या गरेको समाचार पनि छैन। छोरीहरुले आमाको बोलीको कदर गर्दै आएका छन्। बा र दाजुभाइको डरले घर बाहिर निस्किएर हिँड्न सक्दैनन्।
त्यसैले आजसम्म समाज बुझ्न नसकेर कयौँ छोरीहरु हत्याको सिकार बनेका छन्। आमाले पनि छोरीको जीवन र भविष्यमाथि निकै पाप गर्दै आएकी छिन्। छोरीको भविष्यको चिन्ता गर्ने आमा बिरलै छन्। छोरीको सोझोपनलाई आफू अनुकूल बनाएर छोरीको भविष्य र जीवनको रक्षा गर्न चिन्ता नगर्ने आमाले गर्दा कयौँ छोरी आजसम्म हिंसा खेप्न बाध्य छन्।
छोरीहरु ढुङ्गाले बनेका र छोराहरु हड्डी र मासुले बनेका हुँदैनन ? छोरीलाई मात्र संस्कारको पाठ किन ? छोरालाई पर्दैन ? आमाको ईज्जत त छोराले पनि राख्नु पर्छ होला नि।
छोरीलाई दिने शिक्षा छोरालाई दिएको भए सबै छोरी यो समाजमा सुरक्षित भएर अस्तित्वका साथ बाँच्न पाउने थिए। दैनिक छोरीलाई मात्र साँझ बिहान घरपरिवारलाई भात पकाएर दिन सिकाउने र नारी यो धर्तीको जननी हुन् भन्दै सहनशीलताको पाठ सिकाउने आमाकै कारण छोरीहरु कमजोर हुन पुगेका छन।
छोरीलाई घरभित्रको संस्कार सिकाउने आमाले छोरालाई समाजका दिदीबहिनीको सम्मान गर्न कहिले सिकाएनन् किनरु छोरा पाएर छोरीलाई घृणाको व्यवहार देखाउने पहिलो पात्र आमा नै हुन्। छोरालाई बोर्डिङ स्कुल र छोरीलाई सरकारी विद्यालय पठाउन हौसिने आमा नै हुन्। छोरी जन्मिँदा दुखी भएर ओठ फर्काउने पनि आमा नै हुन्। छोरा भएको दिनदेखि छोराको भविष्य र जीवनको डिजाईन कोर्ने आमाले छोरीलाई सधैँ पराई घर जाने जात भन्दै तिरस्कार गर्छिन। छोरालाई पनि मानवीय संस्कार र व्यवहार सिकाउनु पर्छ कि पर्दैन ?
सामाजिक मर्यादा र मानवीय आत्मसम्मान त सबैलाई चाहिन्छ ? छोरीहरु ढुङ्गाले बनेका र छोराहरु हड्डी र मासुले बनेका हुँदैनन ? छोरीलाई मात्र संस्कारको पाठ किन ? छोरालाई पर्दैन ? आमाको ईज्जत त छोराले पनि राख्नु पर्छ होला नि। न कि छोरीले मात्र ? घरपरिवार र समाजको अगाडि छोरीलाई कमजोर बनाउने सिकाईको अभ्यास किन ? के छोरी यो समाजमा सक्षम बनेर बाँच्नु आमाका लागि दुर्भाग्य हो ? आमाले एकपटक सोच्नै पर्छ।
अब यो राज्य संरचनाले नारीमाथि कोरेको लक्षमण रेखा तोडेर छोरीको अस्तित्व बचाउन र प्रतिकार गर्ने पाठ कहिले सिकाउने हिम्मत गर्ने आमाले ? आफ्नो सुरक्षाको रक्षा आफै गर्न सक्ने छोरीलाई घर बाहिर छोरा जस्तै भएर हिँड्न कहिले दिन्छ्यौ ? छोरालाई घर बाहिरको कुरा बुझ्नपर्छ, भन्ने आमाले छोरीको अस्तित्व बचाउनु पर्छ भन्ने पाठ छोरालाई कहिले सिकाउने ? र रातभरि घुमेर आउने छोरालाई आमाले किन कहिल्यै प्रश्न गर्दैनिन ढिलो आएको भनेर। जब छोरी दिउँसो कतै काममा गएर घरमा पुग्न ढिलो भयो भने छोरी घर नपुग्दै आमाको दिमाग तात्तिएको हुन्छ।
शारीरिक र मानसिक यातनामध्ये के दिने भन्ने तयारीमा आमा बसेकी हुन्छिन्। छोरीलाई आत्महत्याको अवस्थासम्म पुग्ने गरी आमाले गाली गर्छिन्। जुन किसिमको हाम्रो समाजको मानसिकता र गलत मुल्यमान्यताहरु छन् त्यसलाई चिर्न आमाको नै ठूलो भुमिका छ । आमाले त्यो कुरा सोच्नुपर्छ कि छोरी कमजोर हुनु भनेको आमा कमजोर हुनु हो र त्यसको निरन्तरता हो भन्ने धारणा कायम हुनसके मात्र पनि धेरै कुराले छोरीहरु साहसिक, अब्बल हुन सक्छन् ।
उता छोराले कसैको छोरी बलात्कार गरेर हत्या गर्दा समेत छोरालाई कसरी सजायबाट बचाउन सकिन्छ भन्ने उपाय लगाउनमै आमाको मुख्य भूमिका हुन्छ। यस्ता बलत्कारी छोरालाई कानुनी कारबाही हुनुपर्छ भन्ने आमा कतै छैनन्। अब भनौँ, छोराले समाजमा महिला हिंसा गर्दा , कसैको छोरीको ईज्जत लुट्दा वा हत्या गर्दा छोराले गरेको गलतमा आमाले अर्काकी छोरीलाई गलत बनाएर आफ्नै छोरालाई सदर बनाउन खोज्छिन। बिडम्बना छोरी घरमा ढिलो पुग्दा निकै यातना किन ? त्यति मात्र होइन। कसैका छोरीमाथि छोराको नराम्रो कुरा सुनेपछि आमा भन्छिन्, छोरो बिग्रिने भयो अब बुहारी बिहे गरे छोरा सुध्रिन्छ रे। कस्तो अचम्म हो ।
आमाको छोराप्रतिको माया र छोरीप्रतिको घृणा कसरी झाँगिदैछ छ हाम्रो समाज ? छोरा बिग्रिए बुहारी ल्यापछि सुध्रिन्छ भन्ने गरिन्छ । यो कत्तिको उचित छरु बिग्रिएको छोरासँग कसैकी सोझी छोरीलाई बिहे गर्दिने ? नियतनै गलत भएको छोराले बिहे गरेको श्रीमतीलाई घरेलु हिंसा नगरेर कसले गर्छ ? छोरा भन्ने बित्तिकै आमाले आफू पनि महिला हुँ भन्ने कुरा पनि बिर्सिन्छन्।
होइन हो, आमा तिमी महिला पनि मान्छे हुन् भन्ने कुरा किन बिर्सिरहेछौ। किन बिर्सिन्छ्यौ हजारौँ नारीको बलिदान र संघर्षको गरिमा । महिला अधिकारका निम्ति पुरुषसँगै जीवन र अस्तित्वको लडाइमा हजारौँ महिलाले रगत बगाएका छन्। त्यो ऐतिहासिक महिला आन्दोलनको विरासतलाई बुझ्ने प्रयास गर । महिला अधिकारको महत्वबारे एकछिन सोच।
आमाको छोराप्रतिको माया र छोरीप्रतिको घृणा कसरी झाँगिदैछ छ हाम्रो समाज ? छोरा बिग्रिए बुहारी ल्यापछि सुध्रिन्छ भन्ने गरिन्छ । यो कत्तिको उचित छ? बिग्रिएको छोरासँग कसैकी सोझी छोरीलाई बिहे गर्दिने?
समानताको लडाइको अस्तित्वलिई मनन गर। त्यसपछि आफै महसुस गर्न सक्छ्यौ तिम्रो गलत सिकाईले नै छोरीहरु असुरक्षित हुँदैछन । कुसंस्कार सिकाउन पारङ्गत भएकी आमाले छोरीको जीवन रक्षाको लागि कुनै चिन्ता गर्न सकेकै छैनन्। नेपाली समाजमा छोरालाई सिकाउने गलत संस्कारका कारण छोरीको जीवनान निकै संकट निम्तिएका छ । समाजमा छोरीहरुले आफ्नो जिउ जोगाउन सक्ने अवस्था छैन। विज्ञान र प्रविधिको जमनामा नेपाली समाजमाअझै दाइजोका कारण छोरीले हत्या र हिंसाको सामना गर्नुपर्छ।
घरेलु हिंसा, यौनजन्य हिंसा, लैङ्गिक र बलात्कार जस्ता हिंसात्मक घटना राज्यका लागि सामान्य लाग्छन्। यस्ता हिंसाको सुनुवाई सरकारले न हिजो गर्यो न आज । कतै पनि महिलामाथि हुँदै आएका घटनाले न्याय पायो भन्ने समाचार पढ्न पाइँदैन। झनै बढेकी छोरी केही अवैध सम्बन्ध थियो होला भन्दै लासमाथि अनेक टिप्पणी गरेर न्यायको अवसान गर्ने नेपालका कथित अधिकारकर्मी , सचेत र शिक्षित मानिस छन्।
जतिसुकै अधिकारको कुरा गरेपनि, आफूलाई शिक्षित भन्नेले पनि महिला हिंसाका घटनालाई गम्भीर तरिकाले लिएको पाइँदैन। सायद सबैले यस्ता घटना हुन नदिन र छोरीलाई सुरक्षाको प्रत्याभूत गर्ने सुढृढ पहल गर्न सकेको भए दैनिक ६ जनाको दरले महिला तथा बालबालिका बलात्कारको सिकार बन्नु पर्दैनथ्यो । बालबालिकालाई पहिलो पाठ सिकाउने आमा पनि यही सामाजकै उपज हुन्। वर्तमान परिवेश र यथार्थतालाई नबुझेर त्यही निरङ्कुश शासनले सिकाएको संस्कारलाई अवलम्बन गर्न घरपरिवारमा एक कुशल नेतृ बन्दै आएकी छिन्।
नेपाली समाजमा आमाको मौनताले आउने दिनमा प्राय सबै छोरी आमा बन्न नपाएर हत्या भई रहनेछन्। एक निर्दोष आमा कति गलत अभ्यासको संघारमा उभिएकी छिन्। आमा पनि कति सोझी छिन्। छोराछोरीलाई आमाले चाहिन् भने यो संसारले चिन्ने बनाउन सक्छिन्। एउटा आमाको सिकाईले हुर्किएका छोराछोरी समाजकै उदारण बन्छन्। छोराछोरीको सुन्दर भविष्य तिनै एक महान आमाको हातमा हुन्छ । त्यसैले आमाको सुन्दर मुहार र महिमालाई कुरुप र सौन्दर्य हरण गरेको यो समाजलाई तिनै आमाले हिम्मतका साथ परिवर्तन गर्न सक्नुपर्छ ।
- दीपा नेपाली
प्रतिक्रिया