'लि क्वान यु' पहिलोपटक सन् १९५९ मा सिंगापुरको पधानमन्त्री हुँदा ३५ बर्षका थिए । मलेसिया छुट्टिएपछि स्वतन्त्र सिंगापुको पधानमन्त्री हुँदा ४२ बर्षका थिए । सन् १९६३ को सेप्टेम्बमा मलय संघमा बने निर्णय गरे । सन् १९६५ को ९ अगस्तमा अकस्मात छुट्टिने निर्णय पनि गरे । मलेसियाले आफ्नै आफ्नै बाटो लिने निर्णय गर्यो, सिंगापुले पनि त्यस्तै निर्णय गर्नुपर्ने भयो । यो निर्णयपछि सिंगापुरको स्वतन्त्र अतित्व सम्भव छैन भने कयौँले नभनेका होइनन् ।
यस्तो बेलामा केही तलवितल भयो भने कोसँग सहयोग माग्न जाने अमेरिका भियतनामी नमिठो युद्धमा व्यस्त थियो । बेलायतीहरु सकेसम्म औपनिवेशिक अस्तित्वलाई कुम्लोमा बाँधरे निस्कन चाहन्थे । इन्डोनेसिया आफैँ सिंगापुर निल्न आँ गरेर बसेको थियो । मलेसियाले त संघबाट लात हानेर निकालेको थियो । नजिकका साथी अष्ट्रेलिया न्युजिल्यान्ड त थिए तर उनीहरुबाट कस्तो सहयोग अपेक्षा गर्ने, लिले ठयाक्कै बुझिसकेका थिएनन् । यस्तो अवस्थामा देशको अवस्था के हुने होला भने बडो चिन्तित थिए लि ।
गोर्खा पुलिस बेलायती सेनाले छान्थ्यो । ती सुरक्षाका लागि भरपर्दा लाग्थे लिलाई । पहिले पनि गोर्खालाई उनी ढुक्कका साथ आँखा चिम्लेर विश्वास गर्थे, झन् यस्तो अवस्थामा उनका लागि गोर्खालीहरु सबैभन्दा भरपर्दा भए ।
यसमाथि उनको व्यक्तिगत सुरक्षामा खतरा रहेको जासुसी संयन्त्रले खबर ल्याइहेको थियो । मलय भाषी पत्रपत्रिका, रेडियो टेलिभिजनले उनलाई खलनायकका रुपमा प्रस्तुत गरिरहेका थिए। जुनसुकै बेला पनि उनीमाथि आक्रमण हुने सचेत गराइरहेका थिए । यस्तो अवस्थामा उनको घरमा गोर्खा पुलिसलाई सुरक्षा जिम्मेवारी दिइएको थियो । उनी गोर्खा पुलिसबाट ढुक्क थिए ।
गोर्खा पुलिस बेलायती सेनाले छान्थ्यो । ती सुरक्षाका लागि भरपर्दा लाग्थे लिलाई । पहिले पनि गोर्खालाई उनी ढुक्कका साथ आँखा चिम्लेर विश्वास गर्थे, झन् यस्तो अवस्थामा उनका लागि गोर्खालीहरु सबैभन्दा भरपर्दा भए । सुरुमा आफ्नो अस्तित्व बचाउन संयुक्त राष्ट्रसंघमा आफ्नो सदस्यता सुरक्षित गर्नुपर्ने हुन्थ्यो । त्यसका लागि उनले विदेशमन्त्रीका रुपमा सिनाथम्बी राजारत्नमलाई छानेका थिए । यो आवश्यक पनि थियो ।
किनभने मलेसियाका प्रधनमन्त्री टुंकु अब्दल रहमानलाई कथंकदाचित् केही भइहालेको खण्डमा अर्का अतिवादी व्यक्ति तथा उपप्रधानमन्त्री टुन अब्दुल रजाकले टुंकुको निर्णयलाई पुरै परिवर्तन गरेर लिलाई बर्खास्त गरी सिंगापुर हत्याउन सक्थे । यसका लागि सिंगापुरमा भएको मलेसियाली सेनाको टुकडीलाई उपयोग गर्न सक्थे । त्यसैले लिलाई यतिबेला सबैभन्दा बढी आवश्यकता आफ्नै सेना चाहिएको थियो । सिंगापुरमा भएको दुई बटालियन सेनामा अधिकांशः मलय भएकाले उनीहरुले मलेसियाकोे साथ दिने निश्चित थियो । उता प्रहरीमा पनि अधिकांश मलय नै थिए । तर गृह र रक्षामन्त्री गो केङ स्वि निकै भरपर्दा व्यक्ति थिए । उनी आफ्नै सेना र प्रहरी बनाउन कम्मर कसेर लागे ।
यता १४ प्रतिशत बेरोजगारी दर अझै बढ्ने सम्भावना थियो किनभने मलेसियाले आर्थिक कुराहरु तीन बर्षदेखि नै जिम्मा लिँदै आएको थियो र त्यो सरक्क सिंगापुरको हातमा सर्ने वाला थिएन । अर्थतन्त्र सबल बनाउनका लागि रबर र टीनमा आधारित पुरानो अर्थतन्त्रले काम गर्दैनथ्यो । नयाँ किसिमको सोच, नयाँ लगानीका अवधारणा, नीति र नयाँ अर्थतन्त्र आवश्यक पर्दथ्यो । नयाँ तरिका, योजना लागू गर्नुपर्थ्यो । संसारमा पहिले कहिल्यै लागू नगरिएको योजना लागू गर्नु त्यो पनि सिंगापुरजस्तो ठाउँमा निकै असहज कुरा थियो किनभने संसारमा सिंगापुरजस्तो अर्को देश नै थिएन ।
यस्तो अवस्थामा देश बचाउन ठूलै मिहिनेत आवश्यक छ भन्ने लिलाई लाग्यो । यस्तो जनशक्ति देशलाई चाहिन्छ, जुन छिमेकीभन्दा सस्तो होस्, काम गर्न निकै सहज होस् । लिका लागि सबैभन्दा महत्वपूर्ण कुरा जनताको साथ थियो । सुरुमा उनलाई जनताले पनि पत्याएका थिएनन् । कम्युनिष्टहरुले बर्जुवा भन्थे उनलाई । तर लगातार जनताको पक्षमा काम गर्दैरहँदा र केही राम्रा परिणाम पनि हात पर्न थाल्दा जनताले मात्र होइन, विपक्षीले पनि उनलाई स्वीकार्न थाले ।
यसका लागि उनी प्रधानमन्त्री भएदेखि नै भ्रष्टाचारप्रति शून्य सहनशीलता, द्रुत सरकारी सेवा, सरसफाईमा सचेतनाजस्ता कामले जनतालाई उनीमाथि विश्वास पलाइसकेको थियो । यही विश्वासलाई टेकेर उनी अघि बढ्ने सोचमा थिए । तर हतारपतारमा एउटा गल्ती भयो । सन् १९६६ फेब्रुअरी १ का साँझ चार बजे गृह तथा रक्षा मन्त्री केङ स्विको एउटा आदेशलाई गलत तरिकाले बुझ्दा समस्या आइपर्यो । नयाँ सेना भर्तीमा लिइएका सबैलाई तत्कालका लागि रोक्नु भनेकोमा मलयहरुलाई रोक्नु बुझेकाले दंगा नै फैलिन पुग्यो ।
दंगामा सहभागी हुने सेनाका नयाँ मलय सदस्यहरुलाई प्रहरीले पक्राउ गरी जेलमा हाल्नुपर्यो । यसले नराम्रो सन्देश दिन्थ्यो । यसलाई सल्ट्याउन प्रधानमन्त्री आफैँ अघि सरे र दंगामा सक्रियतापूर्वक भाग लिने १० जनालाई प्रहरीले पक्राउ गरी कारबाही ग-याे भने बाँकी घर फर्किए । त्यसको भोलिपल्ट पुनः सेनामा तालिम गर्न आइहाले । कारबाहीमा परेकालार्ई पनि सचेत गराएर काममा फर्काइयो किनभने यसमा उनीहरुको गल्ती देखेका थिएनन् ।
लिले पछि आफ्नो आत्मकथा फ्रम थर्ड वर्ल्ड टु फर्स्टमा लेखेका छन्, 'मेरो सफलताको एउटै कारण तत्कालै निणय गर्नु थियो । म भोलि वा पर्सी कुरेर निर्णय गर्दिनँ थिएँ । म ठाउँका ठाउँ निर्णय गर्थेँ । तत्काल जे जस्तो सहज र प्राप्य उपाय हुन्थ्यो, त्यही लागू गथेँ ।' छिमेकी मलेसियामा दंगा भयो भने तत्काल सिंगापुरमा नफैलियोस् भनेर बैठक डाकी हाल्ने र निर्णय गरिहाल्ने उनको बानी थियो । सन् १९६७ को नोभेम्बरताका सिंगापुरको छिमेकी पेनाङ व्दीपमा हिंसा मच्चिँदा उनले यही कुरा लागू गराएका थिए ।
आफ्नो सुरक्षाका लागि गतिलो सेना बनाउनुपर्ने आवश्यकता बोध गर्दै थिए लि । उनले भारत र इजिप्टबाट सेनाबाट बनाउने मामिलामा सहयोगको अपेक्षा गरेका थिए । इजिप्टका राष्ट्रपति नासेरसँग त उनको पहिलेदेखिकै दोस्ती थियो । यता भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीसँग पनि
पाँच बटालियन सेनालाई तालिम सहयोग होस् भन्ने अपेक्षासहित उनले चिठ्ठी लेखेका थिए । तर न त भारत न त इजिप्ट नै उनलाई सहयोग गरे । भारत र मलेसियाको राम्रो सम्बन्ध थियो, यस्तोमा फुच्चे सिंगापुरलाई सहयोग गरेर मलेसियाको चित्त दुखाउन चाहँदैन थियो भारत । अनि इजिप्ट एउटा मुस्लिम राष्ट्र भएकाले अर्को मुस्लिम राष्ट्र मलेसियालाई नै सहयोग गर्न चाहन्थ्यो । यसमा व्यक्तिगत सम्बन्धले खासै अर्थ राख्दोरहेनछ भन्ने उनले त्यही बेला बुझे ।
कयौँ सम्भावनाको खोजी गर्दै रहँदा उनले इजरायलसँग पनि सहयोगको अपेक्षा गरेका थिए किनभने उनीहरुले पनि राष्ट्र निर्माण गर्दा शून्यबाट शक्तिशाली सेना निर्माण गरेका थिए । त्यही मोडल सिंगापुरमा लागू गर्न सकिएला कि भन्ने उनको अपेक्षा थियो । इजरायल यसमा राजी भयो ।
बेलायतले सन् १९५० को दशकको मलेसियालाई स्वतन्त्रता दिँदा त्यहाँको सेना निर्माणका लागि भूमिका खेलेको थियो तर यतिबेला सिंगापुरलाई आवश्यता पर्दा उसले सेना निर्माणका लागि कुनै चासो देखाएन । हुन त उसको पनि बाध्यता थियो, मलेसिया उनीहरुका लागि महत्वको देश थियो, सिंगापुर त्यो बेला त्यति धेरै महत्वको थिएन । कयौँ सम्भावनाको खोजी गर्दै रहँदा उनले इजरायलसँग पनि सहयोगको अपेक्षा गरेका थिए किनभने उनीहरुले पनि राष्ट्र निर्माण गर्दा शून्यबाट शक्तिशाली सेना निर्माण गरेका थिए ।
त्यही मोडल सिंगापुरमा लागू गर्न सकिएला कि भन्ने उनको अपेक्षा थियो । इजरायल यसमा राजी भयो । सन् १९६५ को नोभेम्बरमा कर्णेल ज्याक इल्लाजरी र उनको छ सदस्यीय टोली 'मेक्सिकन' भेषमा सिंगापुर आएर सुटुक्क योजना बुने ।बेलाबेलामा सिंगापुरमा रहेका मलेसियाली सेना प्रमुखसँग तनाव बढ्दा जहिले पनि केङ स्विले लिलाई गोर्खा सेनालाई साथमा राख्नू भन्ने आदेश दिइहाल्थे । रक्षा र गृह मन्त्रालय सम्हालेका केङ स्विको यो बेलामा भूमिका असाध्य महत्वपूर्ण देखिन्छ । देश बन्ने र बनाउने कुरामा सांस्कृतिक परम्पराले पनि ठूलो भूमिका खेल्दोरहेछ भन्ने लिले यतिबेलै बुझे ।
चिनियाँहरु सैनिक बन्नुलाई सबैभन्दा खत्तम काम ठान्थे । मलयहरु सेनामा रहनुलाई गज्जबको काम ठान्थे । यतिबेला मलयभन्दा चिनियाँ र भारतीय मूलका मानिसलाई सेनामा हुल्नु महत्वको विषय भइसकेको थियो किनभने दंगा फैलिनेबित्तिकै एकअर्कामाथि दमन गर्न स्वयं सुरक्षाकर्मीहरु पनि तम्सिने गरेका केही घटना थिए । दंगाको यो चरित्र पनि हो । चिनियाँ र अन्य समुदायका युवाहरुलाई सेनामा आकर्षित गर्न लिले परियोजनाहरु नै चलाए ।
यो परियोजनाको पाँच बर्षपछि मात्रै लिले सोचेजस्तो गतिलो सैन्यशक्ति निर्माण हुन थाल्यो । सन् १९६९ को अगस्त ९ मा सिंगापुर स्थापनाको १ सय ५० औँ वार्षिकोत्सवको अवसरका दिन छिमेकलाई देखाउन सकिने गज्जबको सेना र हतियार तयार भइसकेको थियो । ट्याङ्क र बन्दोबस्तीका सामानको प्रदर्शनी हुँदा नपत्याएर प्लास्टिकका सामान देखाएर सिंगापुरले जात्रा गरेको मलेसियाली राजनीतिक पार्टीका नेताहरुले टिप्पणी गर्थे ।
तर सिंगापुर हेर्दाहेर्दै अघि बढिसकेको पछि मात्र उनीहरुलाई महसुस भयो । कतिसम्म भने सन् १९७० को सेप्टेम्बरसम्म सिंगापुरले आफ्नै वायुसेना निर्माण गरिसकेको थियो । यो उत्साहपछि त न्युजिल्याण्ड, बेलायत लगमयतका देशले सिंगापुरी सेनालाई तालिम दिने विविध कार्यमा सघाउन थालिहाले । सानो ठाउँ भएकाले सेनाका लागि तालिम गर्ने पर्याप्त ठाउँ नभएकाले अन्य देशहरुसँग संयुक्त तालिम गर्नुपर्थ्यो । पछि ताइवानले पनि सघमउन थाल्यो । यसरी योजनाबद्ध तरिकाले काम गर्दा हेर्दाहेर्दै सिंगापुर आत्मरक्षाका लागि सक्षम बन्न पुग्यो ।
सन् १९७० पछि उसले आफ्नै कमजोरीका कारण छिमेकी राष्ट्रबाट त्रस्त हुनुपरेन । रक्षा मामिलामा सशक्त हुनु भनेको अरुसँग लड्नभिड्नका लागि तयार हुनु पक्कै ओइन । यसले मानिसलाई आत्मविश्वास दिन्छ, सुरक्षाको अनुभूति दिन्छ ।
सिंगापुरलाई यो त्यतिबेला निकै आवश्यक थियो । किनभने लिले जुन स्तरको लगानी भित्र्याउने सपना देखिरहेका थिए त्यसका लागि जति आन्तरिक सुरक्षा चाहिन्थ्यो, उति नै बाह्य सुरक्षा पनि आवश्यक थियो । विदेशीहरुले आक्रमण गर्ने सम्भावना भएको राष्ट्रमा कसले पो ठूलो लगानी गर्ला ?
तर सिंगापुरको स्वतन्त्रता लगत्तै बेलायती सेना फर्कनुपर्ने आवाज उठ्न थालेको थियो । पहिले इण्डोनेसिया त्यसपछि मलेसिया र सिंगापुरको स्वतन्त्रतापछि बेलायती सेना त्यहाँ बसिरहन आवश्यक छैन भन्ने बहस लनडनमा हुन्थ्यो । बेलायती सेना सिंगापुरमा हुञ्जेल बाहिरियाहरुले आँखा गाड्ने सम्भावना कम हुन्थ्यो तर उसको प्रस्थानपछि त्यो रिक्त स्थान भर्न सिंगापुरलाई हम्मे पर्थ्यो । खासमा बेलायत सक्दो चाँडो दक्षिणपूर्वी देशहरुबाट निस्कन चाहनुको मूल कारण चाहिँ अमेरिका भियतनाम युद्धमा नराम्रोसँग पराजित हुनु नै थियो । कतै अमेरिकाले बेलायती सहयोग माग्ला र मन नलागी नलागी भए पनि त्यो युद्धमा छिर्नुपर्ला भन्ने डर बेलायती राजनीतिमा थियो । त्यस्तो भए आर्थिक संकटले त्यसै पनि थला परेको बेलायत झन् नराम्रो संकटले घेरिने थियो ।
यही बेला बेलायतले आफ्नो मुद्रा पाउण्डको अवमूल्यन ग-याे। यसले बेलायती बैंकमा रहेको सिंगापुरको ठूलो रकम २० प्रतिशत बढीले अवमूल्यन भयो । सबैतिरबाट आएको संकटका बेला पनि लिले आफ्नो बर्कतले भ्याएसम्म गरे-त्यो काम के थियो भने बेलायती सेनासँगै फाइभ पावर डिफेन्स एरेन्जमेन्ट (एफपीडीए) गर्ने ।
यो सम्झौताले मलेसिया र बेलायती सुरक्षा सम्झौताको अन्त्य भएर सेना फिर्ता गए पनि एफपीडीएअन्तर्गत बेलायत, अष्ट्रेलिया, न्युजिल्यान्ड, मलेसिया र सिंगापुरको संयुक्त सुरक्षा टोली बनाइने उल्लेख थियो । यसो गर्दा सबैभन्दा खतरनाक दुस्मन इन्डोनेसियाले सिंगापुर वा मलेसिया कुनैलाई छोएको खण्डमा मात्र पनि यी पाँच राष्ट्रले एक साथ सैन्य कारबाही गर्न सक्ने थियो । यसअघि यो जिम्मा बेलायतको मात्र थियो । सन् १९७१ को सेप्टेम्बरमा एफपीडीए अन्तर्गतको संयुक्त वायु सेना स्थापना भएपछि सुरक्षा चिन्ता लगभग किनारा लाग्यो तर देशको अन्य समस्या मुख बाएर बसिरहेका थिए ।
(अच्यूत कोइरालाद्वारा अनुवादित 'लि क्वान यु : आधुनिक सिंगापुरका निर्माता' पुस्तकबाट )
प्रतिक्रिया