हाम्रा प्रात: स्मरणीय पिताजीको ८७ वर्षको उमेरमा गत २०७८ वैशाख १८ गते बिहान २:०० बजे असामयिक निधन भयो र अहिले हाम्रो परिवार गहिरो शोकमा छ। हामीले यस्तो अवस्थामा पिताजीप्रति सच्चा भावले श्रद्धाञ्जली व्यक्त गर्ने नयाँ परम्पराको थालनी गरेका छौँ । उहाँको स्मरण गर्ने, उहाँका कामको पुनः मुल्याङ्कन गर्ने तथा उहाँबाट हामीले जीवनमा सिक्नुपर्ने असल कुराहरू अवलम्वन गर्ने प्रण गयौँ ।
हाम्रो समाजमा सदियौँँदेखि चलिआएको रीतिरिवाज अब केवल देखावटी आडम्बर भैसकेको छ । केवल रुढीवादी मान्यता बनिसकेको छ । तसर्थ यस्ता पुरातनवादी कर्मकाण्ड जसअन्तर्गत बाहुन बोलाउने, पिण्डदान गर्ने, वैदिक विधिअनुसार नित्य कर्मकाण्डमा भाग लिनेजस्ता अन्धविश्वासी काममा हाम्रो परिवार संलग्न हुन चाहेन र हामीले परम्परागत विधि, विधानभन्दा वैज्ञानिक पद्धतिलाई अनुशरण गर्न उचित ठान्यौँ । अहिले घरमा त्यही प्रक्रिया अपनाइरहेका छौँ । यो हाम्रो अन्तर्मनदेखिकै इच्छा थियो र यसैलाई अपनाएर १० दिनसम्म शोक श्रद्धाञ्जली व्यक्त गर्ने विचार गयौँ।
पुरातनवादी सामाजिक कुरीतिले गाँजेको हाम्रो समाजले बाहुनलाई नै सर्वेसर्वा मान्दै आएको छ जुन परम्परा गलत र अवैज्ञानिक छ। बाहुनले पाठ गर्ने मन्त्रहरु , पूजा अर्चना विधि तथा गरुड पुराण पढ्ने काम रुढीवादी छ । यसको सबैले विरोध गर्नुपर्ने अवस्था छ। ब्राह्मणवादले ग्रसित हाम्रो समाजमा यस्तो नवीन कार्यलाई विरोध गर्ने धर्मभीरुहरू समाजमा पढेलेखेका वर्गहरू पनि छन् र तिनको अस्तित्व पनि यही परम्परासँगै नयाँ समाज स्थापना सँगसँगै समाप्त भएर जानेछ ।
जसरी कुनै बेला पादरीहरुले युरोपमा स्वर्ग जाने टिकट काट्ने ठेक्का पट्टाको धन्दा चलाएका थिए । पूर्वीय समाजका नेपाल, भारतलगायत देशहरुमा सती प्रथा चलेको थियो । जातीय आधारमा छोइछिटो हाल्ने चलन थियो, पछि ती समाजबाटै बहिस्कृत भए र ती प्रथाहरू समाप्त भए । अहिले चलेका विभिन्न धार्मिक कर्मकाण्डी परम्परा पनि त्यसकै निरन्तरताका कडी हुन् र एकदिन समूल नष्ट भएर जानेछन् भन्ने कुरामा दुई मत छैन।
जसरी कुनै बेला पादरीहरुले युरोपमा स्वर्ग जाने टिकट काट्ने ठेक्का पट्टाको धन्दा चलाएका थिए । पूर्वीय समाजका नेपाल, भारतलगायत देशहरुमा सती प्रथा चलेको थियो । जातीय आधारमा छोइछिटो हाल्ने चलन थियो, पछि ती समाजबाटै बहिस्कृत भए र ती प्रथाहरू समाप्त भए । अहिले चलेका विभिन्न धार्मिक कर्मकाण्डी परम्परा पनि त्यसकै निरन्तरताका कडी हुन् र एकदिन समूल नष्ट भएर जानेछन् भन्ने कुरामा दुई मत छैन।
अन्धविश्वासमा टिकेको यस्तो परम्परालाई गलहत्त्याएर नफालेसम्म सजिलै यसले समाजबाट आफ्नो आधिपत्य जमाउन छाड्ने छैन र त्यसका लागि हामीले मार्गदर्शन गर्नेतर्फको बाटोमा आफूलाई उभ्याउनु श्रेयष्कर लागेर नै नवीन मूल्यमान्यताको जगमा खडा हुने निर्णय गरेका हौँ । अतः हामीले घरमा आएका आफन्तजनलाई पनि यही काममा सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ । हामी कहाँ आउनु हुने सम्पूर्ण आफन्तजन, छिमेकी तथा शुभचिन्तकहरूलाई कोभिडको समस्याबाट बच्नका लागि हर सम्भव सावधानी अपनाएर आउनुहुन सादर अनुरोध गर्दछौँ।
हाम्रो परिवारमा बाजेको जीवन शिक्षासेवा र राजनीतिक परिवर्तनका लागि समर्पित भएरै बित्यो । पिताजी पनि समाजसेवाको निम्ति सदैव क्रियाशील रहेका कारण श्री हरिडिलभूमि माध्यमिक विद्यालय, वीरेन्द्रनगर९३, तातोपानी, सुर्खेतको जग्गादाता बन्नुभयो । लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभयो, बाजेले वीरेन्द्रनगर बहुमुखी क्याम्पस स्थापना गरेर छाडेपछि त्यसलाई अगाडि बढाउन पिताजीले क्याम्पस व्यवस्थापन समितिमा रहेर वा कतिपय बेला बाहिरबाट पनि पूर्णतः योगदान पु९याउनु भएको कुरा सुर्खेती प्राज्ञिक वर्गले अवश्य पनि बुझेको छ।
यस्तो पृष्ठभूमि भएको बाजे र पिताजीप्रति सच्चा श्रद्धाञ्जली दिनुको अर्थ फेरि अन्धकारमय समाजतर्फ फर्किन ठिक लागेन र उहाँको सन्तति हुनुको सच्चाभावले हामीले सपरिवारमा निर्णय ग९यौँ । पुरातनवादी धार्मिक विधिअनुसार किरिया बस्ने पद्धतिमा परिवर्तन गयौँ। त्यसकारण कसैले यस्तो बेला गम्भीरतापूर्वक सोचेर प्रतिक्रिया दिने तथा दूरगामी प्रभाव पार्ने खालको सही दृष्टिकोण अपनाएर मात्रै मन्तव्य दिनुहुन समेत अनुरोध र आग्रह गर्दछौँ । नेपालमा यस्ता कामहरू यसअघि नभएका होइनन्, विश्वेश्वरप्रसाद कोइराला, मोहनविक्रम सिंहलगायतका नेताहरूले पनि आफ्ना बाबुआमाप्रति सच्चाभावले यही विधिपूर्वक श्रद्धाञ्जली व्यक्त गरेका थिए । हाम्रै समाजमा पनि लोकप्रसाद पन्त, लीलाधर गौतम यसका ज्वलन्त उदाहरण हुन्।
यस्ता अनेकौँ उदाहरण हामीले दिनसक्ने समाज स्थापनाका लागि ब्राह्मणवाद र पुरेत्याइँ वा कर्मकाण्डी पिण्ड दिने धार्मिक रुढिवादका विरोधमा हामीले उठाएको कदम सत्यको सानो प्रयोग मात्र हो र यस्ता धेरै धर्मकर्मका नाना भाँती जन्जालबाट समाजलाई मुक्ति दिनु नै आजको आवश्यकता हो । वैज्ञानिक समाज स्थापनाको अभियान पनि हो भन्ने हामीले सोचेका छौँ । यसैमा हामी सबैको कल्याण पनि छ।
(मानवता, न्याय र समतावादका अभ्यासकर्ता र विज्ञानका अनुयायी निर्मल पन्तले विभेद विरुद्ध समताको बिगुल फुक्दै आफ्नो जन्मजात कथित उच्च बाहुनको थर 'पन्त' लेख्न छोडेर आफूलाई निर्मल 'मानव' को परिचयवाट यस अघिनै स्थापित गरिसकेका छन। यस पटक आफ्नै पिताजीको देहान्तमा परम्परागत काजक्रिया शैलीमा सुधारवादी अभ्यास गरेर उनले अर्को प्रयास थालेका हुन् । - सम्पादक)
प्रतिक्रिया